ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन हुने

काठमाडौं । संस्कृति, कला, भाषा, धर्म, परम्परागत विशेषताका धनी तमू (गुरुङ) जातिहरुको ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन नेपालमा हुने भएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा यो सम्मेलनले सरकारको लक्ष्य प्राप्तिमा महत्वपूर्ण टेवा पुग्ने देखिएको छ ।

गुरुङहरुको छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको समन्वय तथा आयोजनामा यो सम्मेलन हुन लागेको हो । तमू एकताको शन्देस विश्वभर पुर्याउन र गुरुङ जातिको पहिचानलाई जिवन्त बनाई राख्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको परिषदका अध्यक्ष रेशम गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो दिनुभयो । आफ्नो कला, संस्कृति, भेषभूषा, खानपान, स.ंस्कारमा छुट्टै पहिचान बनाउँदै गरेका गुरुङ समुदायको विशेषतालाई सम्मेलनले महत्व दिएको छ ।

सम्मेलनका लािग विश्वका तमूहरु एकजुट होउ ‘सम्पूर्ण तमूहरुको आव्हान, एकता अस्तित्व र पहिचानका लागि अन्तर्राष्ट्रिय तमू सम्मेलन’ भन्ने मूल नारा तय गरिएको छ ।

परिषदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गुरुङहरु जुन देशमा रहेपनि आफ्नो जातीय अस्तित्व, पहिचानको संरक्षण र संघ÷संगठन स्थापना गरी क्रियाशिल भइरहेको पाइन्छ। त्यसैले भाषिक, सांस्कृतिक तथा सामाजिक रुपमा एकता कायम राख्न गुरुङहको अस्तित्व र पहिचानलाई बचाई राख्न यो सम्मेलन सहयोगी हुनेछ ।’

सम्मेलनमा अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, स्वीट्जरल्याण्ड लगायत विश्का ४० भन्दा बढि देशमा रहेका तमू संघ संस्थाका प्रतिनिधिहरु सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । नेपाल भित्रबाट सात प्रदेश र केन्द्रका प्रतिनिधिहरु सहभागी हुनेछन्।

असोज २४ र २५ गते राष्ट्रिय सभागृह भृकुटी मण्डपमा आयोजना गरिने अन्तर्राष्ट्रिय सम्मेलनमा तमू मौलिक कला र साँस्कृतिक कार्यक्रमसमेत रहने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार