भिम राई
संयोगवस खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाको सिरुवास स्थित जालपा आधारभुत विद्यालयको ५० औँ स्वर्ण जयन्तिका अवसरमा पुग्ने अवसर उसबेला जुरेको थियो । त्यही बेला देखेको जालपा आधारभुत विद्यालयको शैक्षिक उनन्यनको कुराले घनिष्टताको विकास गराएकोले हुन सक्छ करिब एक बर्ष अगाडि त्यस विद्यालयका प्रधानध्यापक राजाकर्ण राई र विद्यालय व्यवस्थापन समितिका सदस्य सौराज राईले एउटा प्रस्ताव लिएर म कहाँ आउनु भयो । सामन्य कुराकानी पछि उहाँहरुको एउटा नविन प्रस्ताव आयो । खोटाङ जिल्लाको हकमा नौलो मात्र होईन एउटा दुस्साहसीलो कामको प्रस्ताव सुनाएपछि एकछिन मैले सोच्न बाध्य भँए । के ? यो सम्भव छ र ? उहाँहरुको प्रस्ताव थियो जालपा आधारभुत विद्यालयको स्थापना देखि हाल सम्मका सम्पुर्ण क्रियाकलाप, अवस्था र अवस्थिति र स्थापनाकालका समाजसेवि शिक्षा प्रेमीहरुको योगदानलाई सुरक्षित बनाउन भिडियो डकुमेन्ट्री (विद्यालयको वृत्तचित्र) निर्माणमा सहयोगको प्रस्ताव आएपछि सोच मग्न भएको हुँ । यस बिचमा निरन्तर छलफलहरु चल्न थालेको थियो । २०७७ सालको कोरोना कहर भन्दा ठिक अगाडि वृस्तृत् योजना बनाउन विद्यालय व्यवस्थापन समितिले भिडियो डकुमेन्ट्री निर्माण गर्ने उपसमिति बनाएको खबर आएपछि कामको मेसो बसेको थियो ।
कोरोनाको कहरमा खास हामीले केही गर्न सकेनौ तर निरन्तर हामी सम्पर्क थियौँ । २०७८ भदौमा पहिलो पटक पाथेकाको सिरुवास स्थित जालपा आधारभुत विद्यालय सम्म जानुपर्ने निम्ता भयो । बर्षादको समयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सौराज राईले पाथेका पु¥याउनु भयो । यसपछि देखियो पाथेकाको जालपा आधारभुत विद्यालय र यसका वरीपरीका कथाहरु ।
पश्चिम फर्केको सिरुवास गाउँ । विहान करिब ८.०० बजेदेखि ९.०० बजेमात्र घामले भेट्ने गाउँ । अलि तलतिर भाँगु, परतिर स्वाजुङ, त्यो भन्दा पल्लो पाटामा चोखाने, अलिमाथी ढाप, त्यो भन्दा माथी डढेली, पारीपटी छोके, नाखाम, चिम्चिमा पारी देखिने पाथेका, खार्मी, बासपानी, खार्ताम्छा आदी गाउँहरुको विचमा रहेको छ । भाँगुखोला र तापखोलाले छेकेको सिरुवास, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कर्णाली क्षेत्र जस्तै लाग्ने ठाउँ । सडक छ व्यवस्थित छैन । विद्यालय छ । पूरा शिक्षक छैन । खानेपानी छ विद्यालय लागेको समयमा विद्यार्थीलाई पुग्दैन । समस्या बग्रेल्ति देखियो । यीनै अनुभव संगाल्न पुगेको छु सिरुवास ।
विद्यालय पुगेपछि प्रअ राजाकर्ण सरको आथित्यता रहनु स्वभाविक रहने नै भयो । विद्यालयका अन्य सर मेडमहरुसँग चिनजान गरियो । मलाई प्यार प्यार बोल्नु पर्ने तर विद्यालयमा सबै गम्भिरमोडमा मात्र बोल्ने सर मेडमहरु अलि अलि असहज हुने नै भयो । विद्यार्थीहरुका लागि नौलो मान्छे आउँदा कोहोला भन्ने कौतहुलता अनुहारमा देखिने । नौलो अनुभव रहेको थियो त्यो ।
पगेपछि मुख्य विषयमा विद्यालयको स्टाफहरुसँग छलफल तथा चिनजानको कार्यक्रम राखियो । परिचयको लेनदेन गरियो । प्रअ राजाकर्ण राई र सौराज राई बाहेक अरु सबैसँग चिनजान थिएन । त्यही भएरपनि काम गर्नकालागि मैले अलि बढी नै खुल्नु जरुरी थियो । सामन्यतय छलफल र तयारीको कुराहरु गरियो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बालाथुम राईसँग पनि भेटघाट चिनजान भएपछि अलिक सहज बन्यो । प्रस्तावपत्रहरुको तयारी र डकुमेन्ट्री प्रकाशनका लागि सहयोग संकलन गर्ने निर्णय गरियो ।
यसपछि निर्णयलाई कार्यन्वयन गराउन मैले अलि बढी सुक्ष्म अध्ययन गर्न करै लाग्यो । विद्यालयमा भएका पुरानो रेकर्डहरु पल्टाउनै पर्ने भयो । २०२७ सालमा विद्यालयको स्थापना भएको भनिएपछि आधार के भनेर खोज्ने र यसपछि हालसम्म विद्यालय कसरी संचालन भए यसकालागि को को कसरी क्रियाशिल बने ? विद्यालयका भवनहरु, कसरी बने शिक्षक दरबन्दी कहिले कति आयो कति खोसियो । संचालक तथा व्यवस्थापन समितिमा को को रहे ? यो पहिलो कागजात संकलन गर्ने कार्य प्रारम्भ गरिए । स्थापनाको ५२ बर्ष पुग्न लाग्दा सम्म स्थानीय समुदायको लगानी राज्यको भन्दा बढी नै पो छकी ? भन्ने कोणबाट समेत हेर्न निकै आतुर थिएँ म ।
विद्याललयको स्थापना २०२७ साल मंसिर २७ गते रहेछ । तर यो भन्दा अगाडिबाटै स्थानीय दानबहादुर राई, जगत बाहादुर राई, भगतबहादुर राई, डम्बर गिरी, गोमबहादुर राई उत्रमणी राई लगायतका व्यक्तिहरुले विद्यालय खोल्ने सल्लाहा गरेका रहेछन् । उनिहरुले गाउँमा पटक पटक सल्लाहा गरेर २०२७ सालको भदौ असोजबाटै विद्यार्थीलाई पढाउन गाउँको बिचभागमा पर्नेगरी गोठहरुमा केटा केटीहरु जम्मा गरेर क, ख, सिकाउन थालेका रहेछन् । शुरुमा जगत बहादुर राई (सार्जन)को बारीमा (बरको फेद) गोठमा पढाई शुरु भएछ । यसपछि विद्यालय संचालन गर्ने अस्थायी अनुमती जिल्लाले पठाएपछि स्थानीय जगतबहादुर राईले विद्यालयलाई १ रोपनी जग्गा उपलब्ध गराए । त्यही जग्गामा बाँसको चित्राले बारेर विद्यार्थीहरुलाई जम्मा गरेर पढाई शुरु गराएका रहेछन् । शुरुमा शिक्षकलाई तलब नदिने गरी अस्थायी अनुमती प्राप्त भएकाले शिक्षकलाई पाल्न स्थानीय अभिभावकहरुले बर्षमा ३० रुपैयाका दरले पैसा जम्मा गरेर शिक्षकलाई तलब दिनुपर्ने बाध्यता रहेको थियो । ग्रामिण भेगमा पैसाको दुख उस्तै हुन्छ नै । यसैले पैसा दिन नसक्ने परिवारले मकैको झुत्ता लगायत अन्य अन्नहरु समेत उठाएर शिक्षक पाल्नु परेको रहेछ । यसरी लगातार ५ बर्ष सम्म लगाता शिक्षकलाई तलब चन्दा उठाएर संचालन ल्याएको विद्यालय बल्ल २ सय २५ रुपैया ५० पैसा तलब पाउनेगरी अस्थायी शिक्षक जिल्ला शिक्षा समितिले पठाएछ । यसपछि पैसा उठाउने झंझट अलि कम भएको रहेछ ।
शिक्षकलाई तलब दिने झंझटबाट मुक्त भएपछि पनि गाउँलेहरुलाई सुख भने भएन । किन भने विद्यालयमा पढ्नै ठाउँ चित्राले बारेको छ । भवन बनाउनकालागि जनश्रम खोज्न थालियो । यसै शिलशिलामा पहिलो चोटी स्थानीयको जनश्रम मार्फत विद्यालयको भवन निर्माण गरि काठको छाना लगाएर अलिक सुस्थीर भएको विद्यालयले निकै अवयव खेप्दै आएको देखियो ।
यसविचमा विद्यार्थी सँख्याको आधारमा शिक्षकहरु थपघट हुने क्रमपनि शुरुभयो । साथै शिक्षकहरुको आउजाउपनि शुरु भयो । खास गरेर अभेगपर्ने ठाउँमा विद्यालय भएकाले तत्कालिन जागरि खान चाहानेले नियुक्त लिनकालागि विद्यालय रोजेर आउने तर शिक्षक भईसकेपछि सरुवा खोजेर हिँडिहाल्ने शिक्षकहरुको अलिक बढी चलखेलको थलो जस्तोपनि विद्यालय बनेको विद्यालयको रेकर्ड हेदा थाहा पाउन सकिन्छ । यद्यपी विद्यालय भनेको संस्था हो यसको पनि जीवनमा आरोह अवरोह आई रहनु स्वभाविक हो । यसरी निकै हण्डर ठक्कर खेपेर विद्यालय चल्दै जाँदा त्यही विद्यालयमा पढ्ने विद्यार्थीहरु समेत प्रगतीको पथमा लागेकाहरु समेत भेटिएका छन् ।
पछिल्लो समयमा आएर विद्यालयमा सुधारका कामहरु प्रशस्त भएका छन् । बाँसको कटेरो बारेर शुरु भएको विद्यालय सँग नौ रोपनी जग्गामा ६ वटा भवनहरु छन् । पुरानो र नया भवनहरु हेर्दा केही त अवश्य भएकै त छ भन्न सकिन्छ । यस्तै धेरैकामहरु भईरहेका छन् । विद्यालयले ५० औँ वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव भएको छ । शिक्षक, अभिभावक तथा विद्यार्थीहरु उत्साही छन् । अहिले पनि विद्यालयको खातिर समय र सम्पति लगानी गर्नेहरुको उतिकै लर्को छ । गुणस्तरीय शिक्षा प्रदान गर्न अहोरात्र खट्ने प्रधानाध्यापक छन् ।
काम र सिर्जनाका हिसाबले नया नया कुराहरुको खोजि गरिरहने प्रधानाध्यापकलाई उनकै रफ्तारमा सहयोग गर्ने जनशक्तिको अलिकती अभाव देखिएको छ । एक काँधे दौडाईमा लखतरान हेडमास्टरको घरवास नहुने रहेछ । यस्तै वद्यालय व्यवसथापन समितिका अध्यक्ष बालाथुम राईको पनि उही हाल रहेछ । बढो आश्चर्य लाग्ने त २०६८ सालबाट शिक्षक पाल्नकै लागी भनेर २०७६ साल सम्म गाउँबाट करिब१ १२ रुपैया रकम चन्दा संकलन गरिएको रहेछ । सक्ने नसक्ने सबैले विद्यालयलाई माया गर्दा रहेछन् । एक व्यक्तिले १० वर्षको अवधिमा करिब ४० हजार रुपैया सम्म विद्यालयमा चन्दा बुझएको रेकर्ड भेट्दा औधी खुशीले आङनै सिरिङ हुने रेकर्ड रहेछ ।
ज्ञानको मात्र होई मनको समेत धनि देखिएका गाउँमा आर्थिक अवस्था भने सबै मध्यम रहेको छ । सबैले विद्यालयलाई पवित्र स्थलकारुपमा बुझ्ने सिकाई गज्जवब लागदो रहेछ । अर्को पनि गज्जब लागेको विद्यालय आफ्नै पहलमा साम्पाङ भाषाको पढाई हुँदो रहेछ । किराती लिपि चलाईदो रहेछ । त्योपनि कक्षा १ बाट नै । आफ्नै लगानीमा किरात राई साम्पाङ भाषाको पाठ्यक्रम बनाएर कक्षा – ५ सम्मको पुस्तक तयार पारिएको रहेछ । आहा कस्तो खुशी !