दुई महिनापछि ओलीको प्रधानमन्त्री सकिन्छ : जसपा नेता अशोक राई

जसपा नेपाल

चौथो अंग

खोटाङ, २५ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्री पद अब बढीमा दुईमहिना रहेको बताएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम ऋषी कटेल अध्यक्ष रहेको पार्टीलाई सदर गरेपछि उत्पन्न राजनीतिक घटनाले ओलीको प्रधानमन्त्री पदको आयु तोकिदिएको उनको भनाई रहेको छ ।

खोटाङ जिल्लाको सदरमुकाम दिक्तले जसपा खोटाङको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विकसित राजनीतिक घटनाक्रममा सबै भन्दा पश्चगामी रहेको बताए । उनले कुनैपनि हालतमा नेपालमा राजनीति स्थिरता र मुलुकको हितका बारेमा नसोचेको उनको आरोप रहेको छ । नेपालको संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधी सभा विघटन गर्ने यात्राबाट उनि प्रतिगमनको बाटोमा लागेको भन्दै उनले आगामी दिनमा ओलीसँग सहकार्य हुन नसक्ने बताए । विकसित राजनीति घटनाक्रमले जसपा नेपाललाई किङ मेकर बनाएको भन्दै उनले आफ्नो पार्टीले सोची विचारीमात्र अगाडि बढ्ने कुरामा विस्वास दिलएका छन् ।

नेपालको राजनीतिक ध्रुविकरणको दिशामा अगाडि बढेको बताउँदै नेता राईले अब आफ्ना पार्टीको नीति र विचार अनुसार शर्तहरु अगाडि राख्दै शसर्त सरकारमा सामेल हुन सकिने संभावना रहेको समेत औल्याएका छन् । उनले भने, ‘ राजनीतिक घटनाक्रमले अब जसपा, कांग्रेस र हालै अदालतले फिर्ता पठाएको नेकपा माओवादी केन्द्र एक ठाउमा हुन सक्तछ ।’ यद्यपी यस्तै अवस्थामा आफ्नो पार्टी सरकारमा सामेल हुने नहुने निक्र्यौल पार्टीको बैठकले गर्ने उनको भनाई रहेको छ । उनले भने, सरकारलाई समर्थन मात्रपनि गर्न सकिन्छ या मुलुकले आवश्यकता ठान्यो र हामीलाई उपयुक्त लागेमा सामेल पनि हुन सकिन्छ ।’

यस्तै उनले सरकारमा सामेल हुनका लागि भने अरु दलहरुले संविधान संशोधन लगायतका विषयमा प्रतिवद्धता जाहेर गर्नु पर्ने छ । ‘लिखित रुपमा शर्तहरु हुनेछन् । ती सम्झौताका आधारमा रहेर काम गर्ने हो भने सरकारमा गएर सहयोग गर्ने छौँ’ उनले भने, ‘संविधानमा सुधार गर्नुपर्ने थुप्रै कुराहरु छन् जसलाई संशोधनको माध्यमबाट सुधार गर्दै लैजानु पर्दछ ।’

सरकारले पछिल्लो समयमा आएर पुरै देशका लागि विद्रोहको नीतिमा अगाडि बढिरहेको विप्लप माओवादीलाई मुलधारमा ल्याएर उनिहरुले गरेका र गराएका सारा घटनाहरुमा आँखा चिम्लेको बताए । यता तर यता टिकापुर काण्डमा हुँदै नभएका संलग्नता समेत नरहेको रेशम चौधरीलाई भने थुनेर राखेकोमा गुनसो समेत राखेका छन् । उनले रेशम चौधरी जस्ता व्यक्तिलाई जेलमा राखेर सम्पुर्ण आदीवासी जनजाती थारु समुदायलाई त्रसित बनाएको समेत बताएका छन् ।

खोटाङको सदरमुकाम दिक्तेलमा भएको पत्रकार सम्मेलनमा नेता राईले सवै राजनीतिक दलहरुले जसपालाई प्रधानमन्त्रीको नेतृत्व दिन तयार रहे जसपाले लिनपनि तयारी रहेको जानकारी दिएका छन् । सर्वोच्च अदालतको नेकपा सम्बन्धी फैसला पछि देशमा नया राजनीति डिस्कोर्स शुरु भएको बताउँदै अब कुनै हालतमा वैकल्पिक सरकार आउने दावि समेत गरेका छन् ।

बहुचर्चित विषय एमसिसिको बारेमा आफ्नो पार्टी भित्र छलफल शुरु नभएको बताएका नेता राईले व्यक्तिगत हिसाबमा सबै नेताहरुले भने अध्ययन गरिसकेको जानकारी दिए । छलफलमा किन ढिलाई ? भन्ने प्रश्नको जवाफ उनले भने बेला आएपछि गरिने बताए । समय नआई छलफल गर्दा पार्टी भित्र थप जटिलताहरु आउन सक्ने भन्दै उनले २०५४ सालमा भएको महाकाली सन्धीको ताका तत्कालिन एमालेमा भएको घटनालाई समेत स्मरण गरेका छन् ।

१५ दिन देखि खोटाङ जिल्लाको विभिन्न स्थानहरुमा जसपा नेपालको कार्यक्रम तथा कार्यकर्ता भेटघाटमा निस्केका राई बुधबार काठमाडौं फर्किने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार