दिपावलीको अवसरमा महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने


खिम्दुङ कल्याणकारी समाज जिल्ला कार्यसमिति खोटाङले दिपावलीको अवसरमा खुल्ला वडा स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता गर्ने भएको छ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्कोलुखाकाे सुम्लिखा खेल मैदानमा असोज ३० गतेबाट प्रतियोगिता संचालन गर्ने भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ हुन गईरहेको प्रतियोगिताको पुरष भलिवल तर्फ विजेता समुहले एकलाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उप विजेता बन्ने समुहले पचास हजार रुपैयाँको पुरस्कार जित्ने छन् ।

यसैगरी महिला भलिवल तर्फ विजेता समुहले पचास हजार रुपैया र उपविजेता समुहले पच्चिस हजार रुपैयाँ हात पार्ने छन् । साथमा महिला पुरुष दुवै समुहका विजेता तथा उपविजेतालाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

असोज ३० गतेबाट शुरु हुने प्रतियोगिता कार्तिक २ गते सम्म संचालन हुने आयोजकले जाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार