चौथो अंग
खोटाङ, २९ माघ । स्थानीय तहमा निर्वाचित दलित तथा महिला वडा सदस्यहरुलाई सशक्तिकरण गर्न दिक्तेल बजारमा ३ दिने तालिम शुरु भएको छ । दलित महिला केन्द्र नेपालको आयोजनामा स्विस सरकार विकास सहयोग एसडिसि, अष्ट्रेलियन एड र ईन्टर नेश्नल ईलेक्ट्रिकोल सिस्टमको साझेदारीमा कार्यक्रमको शुरु भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जिल्ला समन्वय समितिको सभाहलमा बिहिबारबाट शुरु भएको तालिममा नगर पालिकामा निर्वाचित २१ जना दलित तथा महिला जनप्रतिनिधीहरुको सहभागिता रहेको छ । तालिममा जनप्रतिनिधिहरुको निर्णायक क्षमताको विकास, राजनीतिमा महिलाहरुको सहभागिता, महिला सशक्तिकरण र नेतृत्व विकास सम्बन्धि छलफल हुने छ ।
संविधान सभाका सदस्य दुर्गा जयन्ति राई, जनसेवा समाज नेपालका सहजकर्ता देवेन्द्र राई लगायतले तालिमको सहजिकरण गरिरहेका छन् । दलित महिला केन्द्रले नेपालको ५ वटा जिल्लामा संचालन गरेको कार्यक्रम मध्ये खोटाङपनि एक हो । खोटाङ जिल्लाको ५ वाट स्थानीय तहमा यस्तो कार्यक्रम संचालन हुने कार्यक्रमका जिल्ला संयोजक भानु राईले जानकारी दिएका छन् ।
हलेसी तुवाुचुङ नगरपालिका, रावावेसी गाउँपालिकामा यसअघि नै कार्यक्रम भईसकेको छ । भने साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा समेत यो कार्यक्र तत्काल गरिने जिल्ला संयोजक भानु राईले जानकारी दिए । केन्द्रले नेपालको खोटाङ, ओखलढुँगा, सुनसरी, झापा र मोरोङमा एकै साथ यो कार्यक्रम भईरहेको केन्द्रले जनाएको छ ।