नेकपा खोटाङका नेता : को कुन समूहमा ?

पालिका कमिटि र नगर कमिटिमा पाँच जना अध्यक्षहरु प्रचण्ड–नेपाल समूह र ५ जना ओली समूहमा खुलेका छन् । यस्तै दश जना सचिवहरुमध्ये सात जना प्रचण्ड–नेपाल समूहमा लागेका छन् भने, तीन जनामात्र ओली समूहमा रहेका छन् ।

–भीम राई

खोटाङ, २७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको घडीमा पुगेको छ । प्रचण्ड–नेपाल समूह र केपी ओली समूहका दुई फरक–फरक जनमत बटुल्ने नाममा अहिले एउटै नाम र ब्यानरमा देश व्यापी कार्यक्रममा व्यस्त देखिएका छन् । निर्वाचन आयोगको निर्णयको प्रतिक्षामा रहेका यी दुवै समूहलाई आफ्नो पार्टीको नाम र चुनाव चिन्ह निर्वाचन आयोगले कता दिन्छ भन्ने निर्णयको ब्यग्र प्रतिक्षामा छन् ।

दुवै समूहको पार्टी नाम र चुनाव चिन्हका बारेमा आ–आफ्नै तर्कहरु छन् । एकापक्षले ४४१ जनाको केन्द्रीय समितिको बहुमत आफ्नो पक्षमा रहेकाले आफैले पार्टीको नाम र चुनाव चिन्ह हुनुपर्ने दाबीका साथ आधिकारिकता मागीरहेको छ भने, अर्को समूहले अध्यक्ष र महासचिव दुवै जना आफ्नै समूहमा रहेकाले पार्टीको नाम र चुनाव चिन्ह आफूहरुसँग रहनु पर्ने दाबी पेश गरिरहेको छ ।

निर्वाचन आयोगले भने यसका बारेमा शुरुकै चरणमा दुवै समूहले गरेका पत्रचार र दर्ज गरेका प्रमाणहरुले नपुग्ने भनिसकेको छ । उसले दुवै समूहले गरेका गतिविधिलाई बीचधारबाट निर्णय लिँदै आफूले ४४१ सदस्यीय नेकपा मात्र चिन्ने भनेको छ ।

यसपछि उब्जेका राजनीतिक घटनाक्रममा पुनः यो विषयमा ध्यान मोडिएको छ । प्रचण्ड–नेपाल समूहले आफ्नो समूहको केन्द्रीय समितिको बैठक बसेर आफूसँग बहुमत भएको पुष्टि गर्दै आयोगको नियम बमोजिम पार्टीको आधिकारिकता आफूसँग रहेकाले पुनः दाबी गरेको छ । ओली समूह भने चुपचाप जस्तै बसेको छ । पछिल्लो समयमा प्रचण्ड–माधव समूहको औपचारिक माग दाबीपछि निर्वाचन आयोगले आफ्नो कानूनी प्रकृया शुरु गरिसकेको छ ।

अहिले विचाराधिन अवस्था रहेको निर्वाचन आयोगले गर्ने निर्णयले खोटाङ जिल्लामा केही नेताहरु अन्यौलमा देखिएका छन् । नेकपा स्रोतका अनुसार जम्मा १४९ जनाको जिल्ला कार्यसमिति रहेको खोटाङमा ओली समूहमा ४८ जना देखिएका छन् । यसमध्ये ९४ जना प्रचण्ड–नेपाल समूहमा खुलेका छन् । आठ जना जिल्लास्तरीय नेताहरु भने अहिले कतैपनि खुल्न मानेका छैनन् ।

जिल्लाबाट नेतृत्व गर्ने केन्द्रीय स्थायी आमन्त्रित सदस्य टंक राई प्रचण्ड–नेपाल समूहमा छन् । यसैगरी, रामकुमार राई ‘पासाङ’, राजन राई, समिता कार्की ‘अस्मिता’, दुर्गाजयन्ती राई, उषाकला राई, बबि चाम्लिङ, ध्रुव बुढाथोकी ‘धिरेन’, अमेम्बर राई, लवकुमार राई लगायतका नेताहरु लागेका छन् । यस्तै ओली समूहमा विशाल भट्टराई, पाँचकर्ण राई ‘पिके’, हरिकुमार पोखरेल, कर्ण घले, रमेश पौडेल लगायतका नेताहरु खुलेका छन् ।

प्रचण्ड–नेपाल समूहमा जिल्ला अध्यक्ष देवान चाम्लिङ ‘पृथ्वी’, कार्यालय सदस्यहरुमा दिपक पाण्डे ‘आकाश’, जीवन राई ‘संगीन’, र जलशेर राई रहेका छन् । जिल्ला सचिवालय सदस्यहरुमा होमकाजी आचार्य ‘विनोद’, खडेन्द्र साम्पाङ, मनकुमारी रसायली रश्मी, उदयबहादुर कार्की, पुन्यबहादुर आलेमगर ‘हिरण्य’, अर्जुनकुमार खड्का ‘झङ्कार’, अकिलकुमार राई, कल्पना राई ‘शोनिया’, हस्तबहादुर राई ‘आमोद’, जेनी राई, लिलाबहादुर श्रेष्ठ ‘सविन’, सीताराम अधिकारी ‘भूभि’, गीतामाया राई, उदिम चाम्लिङ ‘मुक्ति’, चइन्द्र राई, सन्तोष राई, निशाना राई, जयप्रकाश राई, विर्षिका राई, मनिषा राई, माधव राई र श्रीबहादुर राई रहेका छन् ।

ओली समूहमा खुलेर लागेकाहरुमध्ये जिल्ला कमिटिका सचिव रामप्रसाद दंगाल, कार्यालय सदस्यहरु देवविक्रम राई, कुमारप्रसाद आचार्य रहेका छन् । यस्तै, जिल्ला सचिवालय सदस्यहरुमा गणेश कोईराला, गृहबहादुर राई, देविप्रसाद रेग्मी, दीपनारायण रिजाल, चर्चबहादुर विश्वकर्मा, इन्द्रप्रसाद दंगाल, प्रकाश चौलागाई ‘विक्रम’, दिलचक्र राई, शिवराज राई, नवीन राई, लिलानाथ निरौला, दिलकुमारी राई, विणादेवी राई र सम्मरबहादुर भुजेल रहेका छन् ।

यता सचिवालय सदस्यहरु राजन बञ्जरा र उपिनकुमार राई कुनैपनि समूहमा खुलेका छैनन् । उनीहरु सवोच्च अदालत र निर्वाचन आयोगको फैसला तथा पार्टी केन्द्रीय कमिटिले लिने गतिको अवस्था पर्ख र हेरमा रहेक छन् ।

ओली समूहमा खुलेर लागेका जिल्ला सदस्यहरुमा जीवन गिरी, लिला तामाङ, वर्णकुमार राई, पुष्पकला भुजेल, दीपक ठटाल, भीमबहादुर पाण्डे, बाबुराम जोशी, किशोर श्रेष्ठ, रमेश तिवारी, रमेश परियार ‘प्यासी’, देवान राई, दिनेश राई, दिनेश साम्पाङ, वीरेन्द्र ढकाल, कमल ढकाल, अनिषा खनाल, पूर्णकला तामाङ, गोपिकृष्ण खड्का, लोकेन्द्र राई, प्रदिप राई, पाइमान राई, शिवप्रसाद फुयाँल, कविता राई, तीलक बस्नेत, शंकरबहादुर राई, दीलबहादुर राई, रुद्र विष्ट, ओमप्रकाश घिमिरे, सुनिल राई, निर्मला आचार्य र अम्बिका राई रहेका छन् ।

प्रचण्ड–नेपाल समूहमा खुलेका सदस्यहरुमा कृष्णकुमार राई, रुद्र राई, साङ्गे शेर्पा, तेजकुमार राई, श्रीमबहादुर राई, कृष्णचन्द्र श्रेष्ठ, उर्मिला लम्साल, कृष्णबहादुर राई, गिरेन्द्रबहादुर राई, रामबहादुर राई, विष्णु दाहाल, दीपक कार्की, उदय राई, जुद्ध पुलामी, शुक्रबहादुर विश्वकर्मा, मकर राई, ज्ञानबहादुर भुजेल, रामबकस राई, कुमार बुढाथोकी, राजुविक्रम राई, राजनप्रसाद आचार्य, सुमन श्रेष्ठ, पर्शुराम विश्वकर्मा, सीताराम राई ‘सञ्जिव’, बलराम राई, खगेन्द्र राई, सँगीता राई, विष्णु राई, राजेन्द्र राई, भीमप्रसाद लुईटेल, श्याम गिरँ, बम बानियाँ, विकाश राई, धुर्वा राई, बम खत्री, मिलन चाहार, नवीन राई, धनबहादुर राई, शम्भु घिमिरे, नैनकला खत्री, नरेशराज राई, अजम्बर राई, लक्ष्मीकुमार राई, मेरुकुमार राई, इन्द्र नाराथुङ्गे, अर्जुन गैरापिप्ली, कुमार राई, दिपेन राई, शुसिला बान्तावा, कृष्णकुमार राई, वीरबल किराँती, कुमार राई, केदार राई, राजकुमार विष्ट, युवराज मगर, खगेन्द्र गुरुङ, माइतिराज राई, भागवत घिमिरे, तेजप्रसाद अधिकारी, पञ्चकुमार राई, सुमन राई, विष्णुकुमार राई, टंक तामाङ, तारा राई, ध्रुवकला राई, दुर्गाबहादुर राई रहेका छन् ।

यस्तै, जिल्ला कमिटिमा रहेका डिल्ली चाम्लिङ, सनमान खड्का, खुसनारायण सैँजु, भीम खत्री र इन्द्र तामाङ भने अहिले कुनै समूहमा पनि खुलेर लागेका छैनन् । उनीहरु दुवै समूहलाई पर्ख र हेरको नीतिमा रहेका छन् ।

यस्तै, दश स्थानीय तहका अध्यक्ष र सचिवहरुमा समेत कित्ता छुट्टिएको छ । मौजुदा रहेको पालिका कमिटि र नगर कमिटिमा पाँच जना अध्यक्षहरु प्रचण्ड–नेपाल समूह र ५ जना ओली समूहमा खुलेका छन् । यस्तै दश जना सचिवहरुमध्ये सात जना प्रचण्ड–नेपाल समूहमा लागेका छन् भने, तीन जनामात्र ओली समूहमा रहेका छन् ।

ऐसेलुखर्क गाउँपालिका कमिटि अध्यक्ष प्रशुराम राई र सचिव रमेश राजभण्डारी प्रचण्ड–नेपाल समूहमा खुलेका छन् । यसैगरी, केपिलासगढी गाउँपालिका कमिटि अध्यक्ष रामकाजी राई र सचिव डिकबहादुर गुरुङ, रावाबेँसी गाउँपालिका कमिटि सचिव राजन मगर, हलेसी तुवाचुङ नगर कमिटि सचिव गोपाल दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका अध्यक्ष विसन राई, साकेला गाउँपालिका कमिटि अध्यक्ष फूलकुमार राई र सचिव भीम खत्री प्रचण्ड–नेपाल समूहमा खुलेर लागेका छन् ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका कमिटि अध्यक्ष राजेन्द्र राई, जन्तेढुङ्गा गाउँपालिका कमिटि सचिव बद्री राई र बराहपोखरी गाउँपालिका कमिटि सचिव ताराकान्त राई प्रचण्ड–नेपाल समूहमा रहेका छन् । रावाबेँसी गाउँपालिका कमिटि अध्यक्ष बलराम रिजाल, हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष सुरेन्द्रकुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि सचिव गोपाल आचार्य भने ओली समूहमा खुलेका छन् ।

यस्तै, दिप्रुङ चुइचुम्मा पालिका सचिव कृष्ण कार्की, खोटेहाङ पालिका अध्यक्ष राजन ढकाल र विकास राई, जन्तेढुङ्गा पालिका अध्यक्ष श्याम राई र बराहपोखरी पालिका अध्यक्ष दीर्घ मगर पनि ओली समूहमा खुलेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार