हलेसी तुवाचुङ नगर पालिकाले शुरु ग¥यो तरकारी फलाउने अभियान

चौथो अंग
खोटाङ, १८ मंसिर । हलेसी तुवाचुङ नगरपालिकाले सुक्खाग्रस्त क्षेत्रमा तरकारी फलाउने अभियान शुरु गरेको छ । कृषि उपज उत्पादनमा कायापलट गर्नेगरी कृषि नगरपालिकाले कृषि जन्य सामग्रीहरुको वितरण गरेको हो ।
खोटाङ जिल्लाको दक्षिणीक्षेत्र सुक्खाग्रस्त क्षेत्रका रुपमा परिचित भएको भन्दै यस क्षेत्रमा तरकारी जन्य कृषि उपज उत्पादन गर्न नगरपालिका लागेको हो । स्वीस सरकार (एसडिसि)को जिविको पार्जन तथा आयआर्जन कार्यक्रमको सहयोगमा यस नगरपालिका भित्र करिब दुई करोड ४४ लाख बराबरको कृषि सामग्रीहरु वितरण भईरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईले जानकारी दिएका छन् । जम्मा ५ हजार ६ सय ८ घरधुरी रहेको नगरपालिका भित्रका ४ हजार ५३ घरलाई कृषि सामग्री वितरण गरिएको मेयर राईले बताए ।
कृषकहरुको अनुकुलता अनुसार पानी जम्मा गर्ने हिलटैँक तथा प्लास्टिक टनेल, तरकारी खेतिका लागि पानी छिट्न आवश्यक पर्ने हजारी, भिटामिन तथा किटनाशक औषधी छर्ने ऐक्सप्रेयर र विभिन्न जातका तरकारीका वीउहरु वितरण भईरहेको नगरपालिकाको उपमेयर विमला राईले जानकारी दिएकी छन् ।
नगरपालिकाका अनुसार नगर भित्रका १ हजार ३ सय ६२ परिवारलाई हिलटैँक र २ हजार ६ सय ९१ परिवारलाई प्लास्टिक टनेल प्रदान गरिएको छ । यस्तै ४ हजार ५३ घर परिवारलाई आवश्यक तरकारीका वीउ तथा भिटामिन, पानी छिट्ने हजारी, एस्प्रीयर मेसिन प्रदान गरिएको उपमेयर राईले जानकारी दिएकी छन् ।
नगरपालिकाको तथ्याङक अनुसार वडा नं १ बाहुनीडाँडामा रहेको ४ सय ९३ घरपरिवार मध्ये ३ सय ९४ घरले यो सुविधा प्राप्त गरेका छन् । यस्तै वडा नं २ डिकुवाका ४ सय ३६ घरपरिवा मध्ये यो हिलटैँक लगायतका सुविधा प्राप्त गर्ने ३ सय ८० घर रहेको छ । वडा नं ३ च्यास्मिटारमा रहेको ५ सय ४१ परिवारमा ३ सय ९७ परिवारले प्लास्टिक टनेल लगाउने भएका छन् । यस्तै वडा नं ४ बडहरेको ३ सय १५ घरमध्ये २ सय ९८ परिवारले प्लास्टिक टनेल पाएका छन् । वडा नं ५ दुर्छिममा रहेको ७ सय ३ घरपरिवार मध्ये ३ सय ८१ घरमा प्लास्टिक टनेल र ७३ घरपरिवारले हिलटैँक लिएका छन् ।
यस्तै वडा नं ६ मंगलटारमा रहेको जम्मा ४ सय १८ परिवार मध्ये ३ सय ४० परिवारले हिलटैँक राख्ने भएका छन् । वडा नं ७ हलेसी महादेवस्थानमा ६ सय २६ घरपरिवार मध्ये ३ सय ३३ परिवारले प्लास्टिक टनेल हाल्ने भएका हुन् । ८ नम्बर वडा धितुङ ५ सय २८ परिवार रहेको छ । जसमध्ये १ सय ६२ परिवारले प्लास्टिक टनेल लिएका छन् भने १ सय ८३ परिवारले हिलटैँक प्रयोग गर्ने भएका छन् । यस्तै वडा नं ९ सल्लेका ३ सय ५ घरपरिवार मध्ये २ सय १६ घरले २ सय १६ थाल हिलटैँक लिएका छन् । वडा नम्बर १० अर्खौलेका ६ सय २९ परिवार मध्ये १ सय ५५ परिवारले प्लास्टिक टनेल बुझेका छन् भने १ सय ७० घरले हिलटैँक राखेका छन् । त्यसैगरी वडा नं ११ राजापानीमा रहेको ६सय १४ घरपरिवार मध्ये ५ सय ८१ घरधुरीले प्लास्टिक टनेलको प्रयोग गर्ने भएका छन् ।
यसरी तरकारी खेती गर्नका लागि आवश्यक सामग्री सहित तरकारीका वीउ तथा भिटामिन प्राप्त गरिसकेपछि तरकारीमा नगरपालिका आत्म निर्भर बनाउने उद्येश्य रहेको नगरपालिकाको अपेक्षा रहेको मेयर तथा उपमेयरको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार