दिक्तेल । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत चर्चित कलाकार अस्मिता अधिकारी र सुवोध गौतम आउने भएका छन् । सोल्मा स्पोर्टस् क्लबको निमन्त्रणामा उनिहरु फागुन २० गते खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल नजिकैको सोल्मा स्पोर्टस क्लबको खेल मैदानमा आउने भएका हुन् ।
सोल्मा स्पोर्टस क्लबद्धारा आयोजित वडा स्तरीय अण्डर २३ फुटबल प्रतियोगिताको समापन गर्न मन्त्रि किरातीको आगमन हुने भएको हो । यस्तै खेल मैदानमा हुने दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाउन अहिलेका चर्चित गायीका अस्मिता अधिकारीले स्टेज तताउनेछिन् । यस्तै हाँस्यकलाकार सुवोध गौतमले आफ्नो बेजोड प्रस्तुति दिने छन् ।
खेलकुद र मनोरन्जले मानिसलाई स्वस्थ बनाउनका साथै उर्जाशिल बनाउने भएकाले खेलप्रेमी आम नागरिकलाई भरपुर मनोरन्जन दिलाउन क्लबले कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष ध्रुव विक्रम राईले जानकारी दिनु भयो ।
फागुन १२ गतेबाट फुटबल प्रतियोगीता निरन्तर चलिरहेको छ ।