भिम राई
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाले पचास देशका चित्रकारले बनाएको चित्रहरुलाई काठमाडौमा प्रदर्शनीमा राखेको छ । करिब दुुइसय दश भन्दा बढी चित्रहरुलाई नेपाल कला परिषद बबरमहलको हलमा प्रदर्शनीका लागि राखिएको हो ।
मुुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को नाममा फागुन ५ गतेबाट शुरु भएको प्रदर्शनी फागुन १७ गते सम्पन्न हुनेछ । खोटाङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुलाई क्यानभासमा उतारिएको प्रदर्शनीमा विभिन्न किसिमका फरक फरक चित्रहरु रहेका छन् ।
विशेष त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र रहेका तथा खोटाङ जिल्लाको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रका चित्रहरु देशी तथा विदेशी चित्रकारले निर्माण गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनुु आर्ट स्टुडियोको बन्दोवस्तीमा भईरहेको चित्रकला प्रदर्शनीमा दैनि ३०० को हाराहारीमा अवलोकन कर्ताहरु आईरहेको चित्रकला प्रदर्शनी कार्यक्रमका संयोजक ओजनबावुु आचार्यले जानकारी दिनु भएको छ ।
खोटाङ जिल्ला भन्दा पनि बढी बाहिर जिल्लाका चित्र पारखीहरु अहिले चित्र हेर्न आईरहेको आचार्यको भनाई रहेको छ । चित्रकलाको क्षेत्रमा लागेको विद्यालय तथा शैक्षिक संस्थाका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम स्थलमा रहेको उपस्थिति खाताले जनाउँछ ।
चित्रकला प्रदर्शनीका बारेमा केही आलोचना र केही समर्थनहरु समेत सामाजिक सञ्जालमा देखिएका छन् । सामाजिक सञ्जालहरुमा आएका टिक्का टिप्पणीहरुलाई नगरले आफ्नो सम्पतिको रुपमा ग्रहण गर्नेगरी कार्यक्रमको आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईले जानकारी दिनुभयो । उहाँले बजारमा आईरहेका टिक्का टिप्पणी सबै नगरपालिकाको सम्पति भएको भन्दै यसबाट आतिन या मात्तिन नहुने बताउनुभयो ।
प्रर्दशनी स्थलमा भेटिनु भएको भट्टराईले राष्ट्रले गर्नुपर्ने, राज्यले गर्नुपर्ने, पर्यटन मन्त्रालयले गर्नु पर्ने काम दुरदराजमा रहेको नगरपालिकाले गरेर राम्रो कामको शुरुवात गरेको दाबी गर्नु भएको छ । शुरुमा १४ वटा देशका २० जना विदेशी चित्रकार समेत नेपालमा रहेको चित्रकारहरुले बनाएको चित्रसँगै हाल ५० वटा देशका चित्रकाहरुको चित्र प्रदर्शनीमा राखिएको जानकारी दिनु भएको छ ।
यसैगरी नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको पूर्व उपकुलपति के के महर्जनले सिँगो नेपाल सरकारले गर्नु पर्नेकाम खोटाङ जिल्लाको एउटा नगरपालिकाले गरेकोमा खुशी व्यक्त गर्नु भएको छ । कार्यक्रम स्थलमा पुुग्नुु भएका महर्जनले गीत, संगीत, साहित्य जस्तै चित्रकला पनि एक विधा भएकाले यसको सम्मान गर्नु पर्ने धारणा राख्नुु भएको छ ।
कार्यक्रममै भेटिनुु भएका मुन्दुम अध्येता भोगिराज चाम्लिङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चित्रकला प्रदर्शनी गर्नु त्यसमध्ये पनि मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शन गर्नु महत्वपूर्ण रहेको दावि गर्नु भएको छ । मुन्दुम आफै एउटा ऐतिहासिक दर्शन भएको बताउँदै उहाँले खोटाङ जिल्लाको दिक्तेल मुन्दुमी हिसाबमा पनि ऐतिहासिक स्थल रहेकाले यो नाम उत्कृष्ट मान्न सकिने तर्क सार्नु भएको छ ।
मुन्दुमी भाषामा सिकुवातेल, पातेल, दिकुवातेल आदी अहिलेपनि उच्चारण गरिदै आएको भन्दै उहाँले विस्वका सबै किरात राई समुदायले फलाक्दै आएको दिक्तेल कु, चारी कुु सँग मुन्दुम जोडिएको बताउनु भयो ।
चित्रकला प्रदर्शनी मै आईपुुग्नु भएको गायक तथा संगीतकारद्धय खविराज राई र शशि गुरुङले पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक काम भएको बताउँदै आँखा पोखरी र रुरु ताल बनाउनु भन्दा यो ऐतिहासिक काम भएको प्रतिक्रिया दिनु भएको छ ।
चित्रकला प्रदर्शनीमा Argentina, Australia, Bangladesh, Belarus, Bhutan, Bulgaria, Canada, China, Czech Republic, Egypt, France, Georgia, Germany, Greece, Guatemala, India, Indonesia, Israel, Italy, Japan, Latvia, Lithuania, Malaysia, Maldives, Mexico, Moldova, Montenegro, North Macedonia, Norway, Romania, Scotland, Serbia, Slovenia, Slovakia, South Korea, Spain, Sri Lanka, Switzerland, Thailand, Likraine, United States, Vietnam, Waies, Yemen लगायत ५० देशका कलाकारहरूले सिर्जना गर्नु भएका २१० भन्दा बढी चित्रहरु प्रदर्शनीमा रहेका छन् ।