युवराज राई
दिक्तेल । खोटाङको दिक्तेलमा लोकसेवा आयोग तथा शिक्षा सेवा आयोगको तयारी निःशुल्क कक्षा शुरु भएको छ । किरात राई कर्मचारी मञ्च र किरात राई विद्यार्थी संघको आयोजनामा शुुक्रबार देखि कक्षा शुरु गरिएको हो ।
माघ ५ गतेबाट शुरु भएको तयारी कक्षामा लोकसेवा आयोग तर्फ ५० जना र शिक्षा सेवा आयोग तर्फ ५० जना सहभागी रहने तालिमका व्यवस्थापक किरात राई विद्यार्थी संघका केन्द्रिय सदस्य उदिम चाम्लिङ जानकारी दिनु भयो । तालिम हिमालयन आईटि इन्सिच्युट दिक्तेल र शैक्षिक विकास तथा युुवा रोजगार फाउन्डेशनसँगको सहकार्यमा संचालन हुने भएको हो ।
वैसाख ५ गते सम्म संचालन हुने तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप–प्रमुख विसन राई, नेपाल आदीवासी जनजाती महासंघका जिल्ला अध्यक्ष फुुर्वा शेर्पा, किरात राई कर्मचारी मञ्चका केन्द्रिय सदस्य रेखा राईको उपस्थिती रहेको थियो ।
निःशुुल्क संचालन हुने तालिममा सहभागीहरुलाई नियमित गराउन दुुईहजार रुपैया धरौटी रकम लिईएको छ । कक्षामा नियमित उपस्थित नहुने सहभागीको धरौटी रकम फिर्ता नगर्ने तथा नियमित उपस्थित हुने सहभागीको रकम भने तालिमको अन्तमा फिर्ता गरिने आयोजकले जनाएको छ ।
किरात राई कर्मचारी मञ्चका अध्यक्ष इरन राईको सभापतित्वमा भएको कार्यक्रमको आर्थिक व्यवस्थापन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको छ ।