किराती राष्ट्रिय मुक्ति मोर्चा खोटाङको संयोजकमा दिपेन थुलङ

दिक्तेल । नेकपा (माओवादी केन्द्र) निकट किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालको ऐतिहासिक खोटाङ जिल्ला भेलाले दिपेन थुलुुङको संयोजकत्वमा ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिको गठन गरेको छ । दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानको शहिद स्मृत सभाहलमा भएको सम्पन्न भेलाले आयोजक समितिको गठन गरेको हो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य अजम्बर काङमाङको प्रमुख आथित्यतामा भएको भेलाले सप्तमणी राईलाई सदस्य सचिवमा चयन गरेको छ । ‘मुलुकको अग्रगामी बिकास, समृद्धि र समानता आजको आवश्यकता ! इतिहाँस, सभ्यता र संस्कृतिको संरक्षण गर्न पहिचान सहितको संघीयता !!’ भन्ने मुल नाराका साथ भेला सकिएको हो ।
भेलामा प्रमुख अिितथि काङमाङले वर्तमान राजनीतिक उपलब्धी पहिलो हिस्सेदार नेकपा (माओवादी केन्द्र) रहेको बताउँदै अहिले पनि पहिचान र संघीयताको मुद्धा उतिकै महत्वपूर्ण रहेको बताउनु भएको छ । किराती राष्ट्रिय मुक्ती मोर्चाले स्थापना कालदेखि नै पहिचानको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताउँदै उहाँले अझ शसक्त आन्दोलनको आवश्यकता परेकाले सबैजना तयार हुन आव्हान गर्नु भएको छ ।

किराती राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रिय उपाध्याक्ष अशोक राईको उपस्थितीमा भएको कार्यक्रमको विशेष अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राई पासाङले पार्टीको नीति अनुसार जनवर्गीय संगठन तथा मोर्चाहरुको गठन भईरहेको बताउनु भयो । उहाँले पार्टीको आठौँ महाधिवेशनमा स्पष्ट उल्लेख भएको बुँदा समेत उदृत गर्दै पार्टी पहिचान सहितको संघीयतामा दृढ रहेको बताउनुु भयो ।

पार्टीका अर्का केन्द्रिय सदस्य दुुर्गा जयन्ति राईले मोर्चाहरुलाई अझ सशक्त नबनाए सम्म पहिचान स्थापना हुन नसक्ने बताउदैँ यसकालागी एक नम्बर प्रदेशलाई पहिचानको आधारमा नामकरण एकमात्र निर्विकल्प आन्दोलन रहेको बताउनु भयो । पार्टी वैकल्पिक केन्द्रिय सदस्य ध्रुव बुढाथोकी धिरेनले पहिचानको आन्दोलन पार्टीको आन्दोलन भएको बताउँदै किराती राष्ट्रिय मुक्ती मोर्चामात्र होईन समुदायगत सम्पुर्ण मोर्चाहरु माओवादी लाईनमा उभिन पहिचानको पक्षमा उभिनै पर्ने बताउनु भयो ।

प्रदेश कमिटि सदस्य टंक थापा लगायतले माओवादी आन्दोलनमा जनवर्गीय संगठन र मोर्चाहरुको आवश्यकता किन ? भन्ने प्रश्नको जवाफ दिनु भएको थियो । कार्यक्रम मोर्चाका अध्यक्ष राजेन्द्र राई र संचालन सप्तमणी राईले गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार