किकोस ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुुद’ भन्ने नाराका साथ खोटेहाङ गाउँपालिका वडा नं. २ वाप्लुखाले वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी मंसिर २२ गते देखि २५ गते सम्म आयोजना गर्ने प्रतियोगिता वडा कार्यालय काण्डाखामा हुने भएको हो ।
वाप्लुखा स्वास्थ्य चौकी भवन तथा बर्थिङ सेन्टर उद्घाटनसँगै शुुरु हुने प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभाका सदस्य तथा सांसद रामकुमार राईले गर्ने जनाईएको छ । वडा कार्यालयको आयोजनामा हुन लागेको भलिवल प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमले रु २५०० रुपैया प्रवेश शुल्क तिर्नु पर्ने छ ।
वाप्लुखा निवासी अग्रज स्वर्गीय रणबहादुर राई, स्वर्गीय कालुमान राई, स्वर्गीय क्रृतुमान राईको सम्झनामा वडा कार्यालयले प्रतियोगिताको आयोजना गरेको हो । भलिवल प्रतियोगितामा सहभागी हुने चाहाने समुहले मंसिर २१ गते ४ बजे सम्म नाम दर्ता गरिसक्नु पर्ने वाप्लुखाका पूर्व वडाअध्यक्ष दिपेन थुलुुङले जानकारी दिनु भयो ।
नकआउट विधिबाट खेलाईने खेलमा प्रथम स्थान हासिल गर्ने समुहलाई रु ६६ हजार रुपैया नगद सहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ । यस्तै दोस्रो हुने समुहलाई ३३ हजार रुपैयाक नगद सहित ट्रफि, मेडल प्रमाण पत्र र सेमी फाइनलिष्ट समुहलाई रु १५/१५ हजार रुपैयाँ नगद सहित मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
स्थानीय तेजबहादुर राई – बसन्त राई, जसबहादुर राई – किरण राई, शेरबहादुर राई – थाम बहादुर राईले प्रायोजन गर्नु भएको प्रतियोगिताका लागि वडा कार्यालय तथा स्वास्थ्य चौकीका कर्मचारीहरुसँग सम्पर्क गरि समुह दर्ता गर्न सकिने छ ।