किरात कोशी
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ स्थीत ज्योति माविमा प्रावि तहको मात्र दरबन्दीको शिक्षकहरुले मावि तहसम्म पढाई रहेका छन् । राहत र करार समेत जोड्दा प्रावि तहको दरबन्दी ६ जना पुुग्छ । अनुदानको शिक्षक दुुईजना नगरपालिकाले थप पठाएकोछ । स्थानीय समुदायले शिक्षामा नया केही गरौँ भनेर प्रावि तहको सामुदायीक विद्यालयलाई माध्यामिक तह सम्म संचालन गर्दै आएको हो ।
बोर्डिङको जगजगी रहेको यो समयमा प्रावि तहको विद्यालयलाई अंग्रेजी माध्यामबाट संचालन मावि तहसम्म संचालन गर्न कम चुनौतिपूर्ण रहेको छैन । नमुना माविका रुपमा संचालन भईरहेको विद्यालयमा गरिब तथा असाहय विद्यार्थीलाई खान बस्न समेत निःशुल्क गरिएको छ । टाढा दुर–दराजका विद्यार्थीहरुलाई होस्टलमा खाने बस्ने सुविधा दिईएको विद्यालयका प्रधानाध्यापक गुणराज श्रेष्ठले जानकारी दिनु भयो ।
कक्षा ९ र कक्षा १० का विद्यार्थीहरुलाई अनिवार्य होस्टल राखेर गुणस्तरी शिक्षा दिईने गरेको विद्यालयमा हाल आठ जना असाहय विद्यार्थीहरुलाई निशुल्क शिक्षा प्रदान गर्दै आएको प्रअ श्रेष्ठले बताउनु हुन्छ । ‘विभिन्न कारणले असाहय बन्न पुुगेका बालबालिकाहरुलाई होस्टलमै राखेर उचित शिक्षा प्रदान गरिरहेका छौँ’ प्र अ श्रेष्ठले भन्नु भयो, ‘उनिहरुलाई आवश्यक पर्ने कपि, कलम, पुस्तक तथा विद्यालयको पोशाकहरु नियमित प्रदान गर्दै आएका छौँ ।’
यसो त विद्यालयमा छट्टुै किसिमको संस्कारहरु समेत सकिाईन्छ । त्यहाँ सबैले सबैलाई उतिकै आदर सम्मान गर्ने वातावरण बनाईएको छ । विद्यालयले मौलिक भेषभुुषाहरु समेत प्रवद्र्धन गर्दै आएको छ । अहिले पनि ६४ जना विद्यार्थीहरु छात्रवासमा बस्छन् । हरेक बर्ष हुने एसईईको परिक्षामा सकरात्मक परिणाम निकाल्दै आएको विद्यालयको भौतिक संरचनाको अभाव रहेको छ । पुुस्ताकलय, विज्ञान प्रयोगशाला, खेल मैदान जस्ता कुराहरुको व्यवस्थित हुन सकेको छैन । यद्यपी विद्यालयले दिईरहेको राम्रो नतिजाले भने सरोकारवालाहरुलाई पटक झस्काउँदै आएको छ । यसका लागि आवश्यक पहलहरु भईरहेको प्र अ श्रेष्ठले सुनाउनु भयो । उहाँले विद्यालयको उन्नती र प्रगतिमा साथ दिने सबैलाई धन्यवाद समेत दिनु भएको छ ।