निरस जस्तो लाग्ने रसिलो नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)


भिम राई
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नवौँ नगरसभा तथा पहिलो बैठक असार ९ गते सम्पन्न गरेको छ । बाहिरबाट हेर्दा नगरसभामा प्रस्तुत् भएका नीति तथा कार्यक्रम निरस जस्तो लागेपनि भित्र निकै रसिलो र भुईमान्छेहरुको इच्छा चाहानालाई सम्बोधन हुनेगरी आएको छ ।

नगरसभामा नगर प्रमुख तिर्थराज भट्टराईले प्रस्तुत् गर्नु भएको २४ पृष्ठको नीति तथा कार्यक्रममा खासै महत्वकांक्षी कार्यक्रमहरु छैन । ठुलठुला योजना बाँढ्ने पुलिन्दाका रुपमा पनि नीति तथा कार्यक्रम आएन । यस मानेमा अबको आर्थिक बर्षभित्र नगरले खास नयाँकाम के गर्छ ? भन्नेहरुका लागि प्रश्न गर्ने ठाउँ त राखेकै होला । तर विगत स्थानीय सरकारले छाडि गएको ६ देखि ७ करोडको बहुबर्षिय योजना निर्माण गर्ने दायीत्व वर्तमान जनप्रतिनिधीहरुसँग रहेको नीति र कार्यक्रम आएको छ । यसले पनि वर्तमान स्थानीय सरकालाई अफ्ठ्यारो सिर्जना भएको सहज अनुमान लगाउन सकिन्छ ।

यस्तै नीति तथा कार्यक्रममा उल्लेख गरेरै आँखा पोखरी, पेन टावर, रुरुताल, रुपाकोट भ्यु टावर जस्ता संरचना निर्माणमा राज्यको लगानि तत्कालको आवश्यकता थियो कि थिएन भन्ने प्रश्न उठाईएको छ । यसले नगरको समृद्ध भन्दा पनि दायित्व थप्ने काममात्र भएको भन्ने आम नागरिकको आशय रहेको बेला नगरको यो ठहरले वास्तविकताको नजिक पु¥याएकै छ ।

यी र यस्त समस्यको बावजुद आएको नीति तथा कार्यक्रमले यसपटक जनताको घरदैलो सम्म पुग्न सक्ने गरी नीति तय गरेको छ । विशेषत जनताको जीवनस्तर उकास्नका लागि गर्नुपर्ने धेरैकामहरु बाँकी रहेकाले महत्वकांक्षी नीति तथा कार्यक्रम आएको देखिदैन । यति हुँदा हुँदैपनि केही गर्नैपर्ने र नगरी नहुने कामहरुपनि समेटिएका छन् ।
यस आर्थिक बर्षमा नगरपालिकाले ८ बुँधामा आफ्नो प्रमुख प्राथामिकताहरु छनौट गरेको छ । ‘मेरो नगर, म आफै बनाउँछु’ भन्ने नीतिलाई आत्मसाथ गर्ने घोषणाका साथ आएको प्राथामिकता आधारहरुलाई मात्र कार्यन्वयन गर्न सकेमा नगरको समृद्धिमा थप मद्यत पुग्ने छ ।

यसका अलवा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई विशेष जोड दिएको देखिन्छ । नगरपालिकाले गुरुयोजना नै बनाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फुलैफूलको पहाड बनाउने नया सोचको विजारोपण गरेको छ । भने पर्यटन प्रवद्र्धनका लागि केही नया योजनाहरु समेत बनाउने उल्लेख छ ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने, स्थानीय गौरवका योजनाहरु संचालन गर्ने, आर्थिक पारदर्शिता कायम गर्ने जस्ता थुप्रै कुराहरुलाई नीतिगत हिसाबले स्थापित गर्न यस नीति तथा कार्यक्रमले बाटो खोलेको छ ।

पुर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् । दिक्तेल रुपाकोट नीति तथा कार्यत्रम

यस्तै हाल भएको सडक सञ्जाल विस्तारलाई नियमन गर्दै नया ट्रयाक खोल्ने कुरालाई निरुत्साहित गर्दै लैजाने तथा नगर यातायात संचालन गर्ने कुरा नदेखिएको तर महत्वपूर्ण नीति यस आर्थिक बर्षबाट गर्न नीति तथा कार्यक्रममा आउनु निकै प्रभावकारी काम हो । यस्तै कृषि तथा पर्यटनलाई प्रर्वद्धानात्मक बनाउनका लागि पर्यटन पत्रकारितालाई प्रोत्साहन गर्ने कुरा थप नया र संचारको हिसाबमा नविनतम कार्यक्रम हुन सक्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार