खोटाङबाट बसाई जाने अग्रपंक्तिमा मध्ये क्षेत्री बाहुन

भिम राई
खोटाङ, १ जेठ । पहाडि जिल्लाहरुमा बसाई सराईको प्रभाव बढेको छ । यसको तिब्र चपेटामा खोटाङको तीनवटा स्थानीय तह परेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कलाई हेर्दा खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा सबै भन्दा बढी बसाई सराई भएको पाईएको हो । त्यस्तै जन्तेढुँगा गाउँपालिका र बाराहा पोखरीमा पनि बसाई सराईको दर उच्च रहेको पाईयो ।

केही समय अगाडि त्यस क्षेत्र घुम्ने क्रममा जन्तेढुँगा गाउँपालिकाका उपाध्याक्ष खेम खड्काले सुुनाउनु भएको एउटा किस्सा अहिले आएको तथ्याङकले पुुष्टि गरेको छ । उहाँले एउटा भेटमा ‘यहाँको युवाहरु रोजगारीको शिलसिलामा गाउँ छाडेर बाहिर हिँडेपछि सुनकोशी तरेर फर्किदैनन् ।’ खड्काको यो भनाई वास्तविक गाउँमा युवाहरु नहुनुको पिडाबाट निस्केको आवाजमात्र थिएन । त्यहाँको वृद्ध–वृद्धाहरुको साहाराको खाँचोको पनि थियो ।

उपाध्याक्ष खड्काको जस्तै खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले समेत यस्तै गुनासो सुुनाउनु भएको थियो । उहाँले स्थानीय समुुदायका अगुवाहरु गाउँको विकास गर्न भनेर वस्तिहरुमा सडक विस्तार गर्न योजनाको माग गर्न आउने तर मरितरि ट्याक्टर मात्रै भएपनि चल्ने सडक बनाएपछि घरको सुुत्नेखाँट समेत त्यहि ट्याक्टरमा हालेर बसाई सर्ने गरेको सुनाए । विकास गाउँमा पुुगेन भनेर कराउन आउने तर विकास पुुगेर व्यवस्थित भई नसक्दै वस्तिहरु भने खाली हुने समस्या रहेको उहाँको भनाई रहेको थियो ।

यी माथीका भनाईमात्र होलान् भन्ने सोच्नेहरुका लागि राष्ट्रिय जनगणना २०७८ ले प्रमाणित गरि दिएको छ । तथ्याङको आधारमा हेर्ने हो भने २०६८ देखि २०७८ सम्म जम्मा १० बर्षमा खोटेहाङमा मात्र २५.०४ प्रतिशतले जनसंख्या घटेको छ । जन्तेढुँगा गाउँपालिकामा २२.२० र बाराहापोखरीमा २०.५२ प्रतिशतले जनसंख्या घटेको छ ।

तथ्यांकलाई आधार मान्ने हो भने खोटाङ जिल्ला भरी २०६८ सालमा ४२ हजार ६ सय ४७ घर रहेको थियो । तर २०७८ मा आईपुुग्दा ४१ हजार ७ सय ५० घरमात्र रहेको छ । अर्थात ८ सय ९७ घर दशवर्षमा जिल्लाबाट बाहिरिएको छ अर्थात बसाई सराई गएको छ । २०६८ को तथ्यांक भन्दा २०७८ मा आउँदा खोटाङको जनसंख्या ३१ हजार १४ जना घटेको छ ।

यस्तै अर्को तथ्यांकले बसाई सरेर जानेहरु अधिकांस ब्राम्हाण, क्षेत्री रहेका छन् । राष्ट्रिय जनगणना २०७८ मा उल्लेख भएको तथ्यांकलाई आधार मान्ने हो भने सबै २०६८ देखि २०७८ भित्र सबै भन्दा बढी बसाई सर्ने समुुदायमा क्षेत्री समुुदाय परेको छ । दशवर्षको समय अवधिमा क्षेत्री समुदायको जनसंख्या १० हजार ८ सय ३७ जना घटेको छ । २०६८ सालको तथ्यांकमा ४४ हजार ३ सय ७८ जना रहेको क्षेत्री समुुदाय २०७८ मा आईपुुग्दा ३३ हजार ५ सय ४१ मा झरेको छ । भने २०६८मा १४ हजार ८ सय ६७ जना जनसंख्या रहेको ब्राम्हाण समुुदायको जनसंख्यामा घटेर ९ हजार ८ सय ५२ पुुगेको छ । यसको मतलब ५ हजार १५ जना कम भएको छ । यसको प्रत्यक्ष प्रभाव भनेको मुुख्य त बसाई सराई नै हो । यता २०६८ सालमा ७५ हजार ५ सय ३० जना रहेका राई समुुदायको जनसंख्या भने ७१ हजार ८ सय ४२ जना रहेको जनगणनाले देखाएको छ ।

यी माथीका तथ्यांक राष्ट्रिय जनगणना २०७८ को सार्वजनिक गर्ने कार्यक्रममा प्रस्तुत हुँदा सबै भन्दा बढि बाहुन समुुदाय ३३.७३ प्रतिशत, क्षेत्री २४.४२ प्रतिशत घटेको पाईएको छ भने राई समुदाय ४.८८ प्रतिशत मात्र घटेको छ । जनसंख्या घट्नुुको यो आंकडा बसाई सराईलाई कारण मान्ने हो भने खोटाङ जिल्लालाई माया गर्ने मुुख्य समुुदाय भनेको यहाँको रैथाने राई समुुदायमात्र हो भनेर किन नभन्ने त ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार