आम हड्ताल सफल बनाउन राँके जुलुस

दिक्तेल, २७ फागुन ।  प्रदेश १ को नाम  षडयन्त्र पूर्वक ‘कोसी’ राखेको बिरोधमा पहिचानपक्षधरहरुले शनिबार दिक्तेलमा राँकेजुलुस प्रदर्शन गरेका छन् । पहिचानसहितको प्रदेश नामाकरण गर्न माग गर्दै बिभिन्न चरणमा शान्तिपूर्ण आन्दोलन र संघर्ष हुँदै आए पनि मुख्यमन्त्री र सभामुखले षडयन्त्रपूर्वक पहिचानबिहीन नाम राखेको भन्दै राँके जुलुस प्रदर्शन भएको हो ।

कोसी प्रदेश नाम खारेजीकाे माग गर्दै पहिचानसहितको नाम राख्न ‘प्रदेश पुनःनामाकरण संघर्ष समितिले आव्हान गरेको फागुन २८ गते आईतबारको प्रदेश आमहड्ताललाई सफल पार्न राँके जुुलुस प्रदर्शन गरेको जनाएकाे छ । संघर्ष समितिले कोशी खारेज गरी पहिचानयुक्त ‘किरात–लिम्बुवान–कोच’ प्रदेश नाम राख्न माग गर्दै आईतबार १ दिने आमहड्ताल घोषणा गरेको छ ।

आमहड्तालको अघिल्लो साँझ राँके जुलुस प्रदर्शन गरिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्पा शेर्पाले जानकारी दिनुभयाे । उहाँका अनुसार पहिचान पक्षधर संघसंस्थाहरुको शनिबार दिक्तेलमा सम्पन्न भेलाले आमहड्तालप्रति ऐक्यबद्धता जनाउँदै शनिबार साँझ राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको थियो । आन्दाेलनमा

नेपाल आदिबासी जनजाति महासंघ जिल्ला, नगर, गाउँ, वडा र महांसघमा आबद्ध ३ दर्जन बढी बिभिन्न जातीय संघसंस्थाका पदाधिकारी, यायोक्खा जिल्ला, गाउँ, नगर, वडा तथा जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरु सम्मिलित भेलाले प्रदेश आमहड्ताल पूर्णरुपमा सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ ।

भेलाको निर्णय अनुसार सदरमुकाम लगायत प्रमुख बजारहरुमा आमहड्ताल सफल पार्न सबैपक्षसँग अपिल गरेकाे छ ।  फागुन २८ गते घोषित आमहड्ताल सफल पार्न मातहतका सबै तह र तप्काका पदाधिकारीलाई महासंघ र यायोक्खाले निर्देशन दिईसकेकाे शेर्पाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार