दिप्रुङ चुईचुम्मा, १२ फागुन। खाेटाङ जिल्लाकाे दिप्रुङ चुईचुम्मा गाउँपालिका २ डाडागाउँ ओख्रे स्थित महेन्द्रदय माविले प्राविधिक शिक्षालयकाे माग गरेकाे छ। प्रतिनिधि सभा सदस्य रामकुमार राई पासाङलाई विद्यालयमा स्वागत गर्दै यस्ताे माग गरेकाे हाे।
शुक्रबार जनतासँग भेटघाट कार्यक्रममा पुग्नु भएकाे सांसद राईलाई विद्यालय परिवारकाे तर्फबाट खादा माला र अविरले स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक निमित्त प्रधानाध्यापक जितबहादुर थापाले मागपत्र प्रदान गर्नु भएकाे छ। माग पत्रमा महेन्द्रदय मावि ओख्रेलाई नमुना विद्यालयकाे रुपमा विकास गर्न तथा स्नातक तह सम्मकाे अध्ययन अध्यापन गराउने वातावरण निर्माण गर्न माग गरिएकाे छ ।
यसैगरि नेकपा माओवादी केन्द्रका पाेलिटव्युराे सदस्य समेत रहनु भएका सांसद राईलाई दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर दुई कार्यलयले समेत स्वागत गरेकाे छ । वडा अध्यक्ष बद्री बहादुर कटुवाल, वडा सचिव बबिता राई लगायतले स्वागत गर्दै वडा कार्यालयकाे भवन निर्माणकाे पहल गर्न माग समेत गरेका छन् ।
वडा कार्यालयकाे भवन निर्माण गर्न बनेकाे नक्सा डिपिआर समेत बुझाउँदै आफ्नाे माग सम्बाेधन गर्न उनिहरुले आग्रह गरेका हुन् । जवाफमा सांसद राईले आफू जनताकाे बिचबाटै निर्वाचित भएकाेले जनताकाे तर्फबाट राखिएकाे मागलाई सकरात्मक रुपमा लिएकाे बताउनु भएकाे छ । उहाँले सबै मागहरुकाे उचित सम्बाेधन गरिने उहाँले बताउनु भयाे ।