नेराकस निजामतीको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकुमार सुवेदी

दिक्तेल,
फागुन, ६ शनिबार । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको चौथो जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय समिति सदस्य तथा प्रतिनिधी सभा सदस्य रामकुमार राई पासाङले उद्घाटन गर्नु भएको अधिबेशनले चित्रकुमार सुवेदीलाई अध्यक्षमा निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको हो ।

संगठनका अध्यक्ष ध्रुवराज राईको अध्यक्षतामा शुरु भएको उद्घाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा नेता पासाङले नेपाली नागरिकको मौलिक हकका रुपमा रहेको संगठित हुनपाउने अधिकारलाई उपयोग गर्दै नेराकस निजामति गठन भएको बताउनु भएको छ । उहाँले कर्मचारी केवल कर्मचारीमात्र नभई एउटा कुशल नागरिक पनि भएकाले सत्य, निष्ठा र विस्वसनीयताका आधारमा काम गर्नुपर्ने बताउनु भयो ।

जनताको प्रत्यक्ष आम सरोकारसँग जोडिएका व्यक्ति कर्मचारी भएकाले राष्ट्रसेवक कर्मचारीहरुसँग जनताले धेरै आशा राख्ने गरेको नेता पासाङले बताउनु भयो । नेपाली जनताको लामो त्याग तपश्या र बलिदानबाट प्राप्त वर्तमान शासन व्यवस्थालाई थप प्रभावकारी बनाउन राष्ट्रसेवक कर्मचारीहरुको सबै भन्दा ठुलो दायित्व रहेकोपनि उहाले सुझाउनु भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दुर्गाजयन्ती राईले जनतासँग रातदिन सँगै कामगर्ने कर्मचारी र नेताहरुको बिचमा सँधै सम्बन्ध समधुर रहनु पर्ने बताउनु भयो । उहाँले राष्ट्रसेवक कर्मचारीहरुके संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अधिवेशन सफलताको कामना गर्दै नेकपा माओवादी निकट कर्मचारीहरुले पार्टीले हाँकेर ल्याएका आन्दोलनको उपलब्धीको रक्षार्थ उभिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रिय उपाध्याक्ष अम्बादत्त भट्ट, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे आकाश लगायत पार्टीका नेताहरु, पार्टी निकट जबस मोर्चाका प्रतिनिधीहरुको उपस्थिती रहेको कार्यक्रममा संगठनका पूर्व केन्द्रिय उपाध्याक्ष विनोद थापा मगरलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

जिल्ला अधिवेशनमा सहयात्री संगठनका प्रतिनिधीहरु निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष ध्रुव कार्की, नेपाल निजामति कर्मचारी संगठन जिल्ला अध्यक्ष रेखा राई, नेपाल निजामति कर्मचारी युनियन जिल्ला सचिव शम्भु तामाङ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन शत्रपछि सांगाठानीक तथा आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत भएका छन् । संगठनको समग्र वस्तु स्थिति र आर्थिक अवस्थाको छलफल गरी बन्दशत्रले अनुमोदन सहित पास गरेको छ । यस पश्चात नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको चौथो कार्यकालका लागि नेतृत्व चयन भएको छ ।

चित्रकुमार सुवेदीको अध्यक्षतामा भएको समितिको उपाध्याक्षमा सविना मगर र कल्पना तोलाङगे, सचिव पंकज आचार्य, सह–सचिव करुणा श्रेष्ठ र कोषाध्याक्षमा युवराज कालिकोटे दिक्तेल चयन हुनु भएकोछ । यस्तै सदस्यहरुमा क्रमश, काशिराज कार्की, विष्णु श्रेष्ठ, सयन्द्र राई, विवश राई, सम्झना माझी, दिपक राई, प्रदिप पोखरेल, कमला वि.क., रामबहादुर नेपाली, विष्णु अधिकारी र बैठकले एकजना थप्नेगरी जिल्ला कार्य समिति गठन भएको छ ।

यस्तै सल्लाहाकार समितिमा धर्मराज आचार्य, मोहन महासेठ, दिपकचन्द्र आचार्य, मनकुमार राई, सन्तोषकुमार राई, लिला बहादुर वि.क., विमलकुमार देव, मिना राई, कृष्णप्रसाद बास्तोला, ध्यानबहादुर राई, तुलसी गुरागाई, मोहन मगर, सुनिल पन्थि, तेजप्रकाश देवकोटा, क्रान्ति श्रेष्ठ, रामसागर मण्डल र निरकुमार बस्नेत रहनु भएको छ ।

यसैगरी जिल्ला अधिवेशनले उत्तम आचार्य, बाबुराम बस्नेत, युवराज कटुवाल खोटेहाङ, प्रेमकुमार राई, धनकुमार खत्री, सुजन राई तोसल भट्टराई र प्रविणा तोलाङ्गेलाई प्रदेश प्रतिनिधी छानेको छ । भने राजकुमार राई, सुजन भण्डारी, तिर्थ वि.क.र होमनाथ ढकाललाई केन्द्रिय प्रतिनिधी तोकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार