प्रभाव राष्ट्रिय दैनिक पत्रिकाका तत्कालिन सम्पादक स्व. कमलराज राईकाे स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन भएकाे छ । प्रभाव पब्लिकेशन प्रालिको आयोजनामा सम्पादक स्व.कमलराज खम्बु राई (आने)काे नाममा स्मृतिगन्थ्र प्रकाशन गरिएकाे हाे।
सम्पादक स्व. कमलराज खम्बु राई (आने)को वार्षिक पुण्य तिथिको अवसर पारेर ओखलढुंगा जिल्लाका प्रतिनिधिसभा सदस्य संसद रामहरि खतिवडाले आनेकाे स्मृतिगन्थ्रको लोकार्पण गर्नु भएकाे छ। प्रभाव दैनिक तथा खासखबर साप्ताहिकका सम्पादक कमलराज राई आने नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य थिए । उनको २०७८ साल माघ २० गते काठमाडौंमा काम कै शिलिसलामा हृदयघात भई निधन भएको थियो।
स्मृति ग्रन्थका प्रकाशक तथा स्व. कमलराजका श्रीमती लालसरा राईकाे अध्यक्षतामा भएकाे लाेकार्पण कार्यक्रममा स्मृति ग्रन्थका सम्पादन मण्डलका अग्रजहरुलाई सम्मान गरिएकाे छ । सम्पादन मण्डलमा डा. सुकराज राई,डा.धनप्रसाद सुवेदी, जीवनजीत राई एस खम्बु र विकास राई सौगात रहनु भएकाे छ ।
स्व. खम्बुका जीवनसँगिनी लालसरा राईले प्रकाशन गरेको उक्त स्मृतिग्रन्थको समिक्षात्मक टिप्पणी साहीत्यक पत्रकार श्रीराम राईले गर्नु भएकाे थियाे ।उहाँले पत्रकार कमलराज राई आने उद्धारताको धनी, कामप्रति जिम्मेवार संघर्षशील र पत्रकारितमा बुझ्न चाहानेका लागि नमुना रहनु भएकाे कुरा ग्रन्थमा आएकाे निष्कर्ष रहेको बताउनु भयाे।
कार्यक्रममा कमलराज राईको जीवनमा आधारित वृत्तचित्र पनि देखाइएको थियो। नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदी, पूर्व सांसद् टंक राई, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख चिरञ्जीवी खनाल, पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम बिडारी, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदी लगायतले कमलराज राईका बारेमा आफ्नाे बुझाई र अनुभव राख्नु भएकाे थियाे ।
कार्यक्रममा प्रभाव पब्लिकेसनका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य दिनुभएकाे थियाे ।