समानुपातिक र समावेशिता संविधान प्रद्वत हैसीयत

आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले नेतृत्व विकास र भाषणकला तालिम गरेको छ । जिल्ला समन्वय खोटाङको सभाहलमा तीनदिन अगाडि शुरुभएको तालिमको समापन मंगलबार भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उप-प्रमुख विसन राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा तालिमको उपलब्धी र क्षमताको विकासबारे बहस भएको थियो । दिक्तेल पाकोट मझुवागढी नगरपालिकाको आर्थिक संयोजनमा भएको तालिममा किरात राई यायोक्खा केन्द्रिय उपाध्याक्ष दोर्पध्वज कुलुङ राई  प्रमुख प्रशिक्षक रहनु भएको थियो ।

आदीवासी जनजातीको अधिकार र कर्तव्यलाई मूल विषय बनाएर शुरु भएको तालिममा नेपालको संविधान २०७२ र यसले गरेको व्यवस्था अनुसार समावेशिता र समानुपातिक विचारको बहसलाई प्रथामिकतामा राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार