खोटाङ
माघ, ६ शुक्रबार । जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या दुरुत्साहन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ हलेसी काभ्रे बस्ने रञ्जिता दाहाललाई मृत्यु रोज्न बाध्य बनाएको आरोपमा खोटाङ जिल्ला रावावेशी गाउँपालिका ५ दुवेकोलका अनन्त वि.क. पक्राउ परेका हुन् ।
गत माघ २ गते विद्यालयबाट घर फर्कदै गर्दा बाटैमा मृत फेला परेकी दाहाललाई मानसिक दवाब दिएर मर्न बाध्य बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाईएकाे छ । घटनापछि प्रहरीको टोलिले गरेको सुक्ष्म अनुसन्धानले आत्महत्या गर्न प्रेरित गरेको स्पष्ट देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङ जानकारी दिनुभयो ।
प्रारम्भिक बयानका क्रममा २५ बर्षिय विकले आफु जिल्ला बाहिर झापा तिर बस्दै आएको बताएका छन् । हाल राहदानी तथा नागरिकता हराएकाले गाउँ आएको बताएपनि १७ बर्षिया नाबालिका दाहाललाई उनले पिछा गर्ने, अनावश्यक मानसिक तनाब सिर्जना गर्ने गरेको देखिएकाले उनले आत्महत्या दुरुत्साहन गरेको प्रहरीको आरोप छ ।
उनको प्रारम्भिक बयानमा आत्महत्या दुरुत्साहन गरेकाे पाईएकाले अझै थप गम्भिर अनुसान्धान आवश्यक रहेको भन्दै प्रहरीले विकलाई ज्यान सम्बन्धि कसुर अर्न्तगत थप अनुसन्धानकालागि जिल्ला अदालतबाट शुक्रबार ५ दिनको म्याद थप गरेको छ