किकोस
खोटाङ, २१ बुधबार । गठबन्धनलाई असर पुग्नेगरी अभिव्यक्ति नदिन सत्तासाझेदार दलीय गठबन्धनका नेता कार्यकतालाई कडा निर्देशन दिईएको छ । खोटाङमा गठबन्धन घटक पार्टीका शिर्ष नेताहरुले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आफ्ना सम्पुर्ण नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।
उनिहरुले निर्वाचनको सम्मुखमा प्रतिगमनकारी शक्तिलाई परास्त गर्न सम्पुर्ण अग्रगामी राजनीतिक शक्तिहरुको गठबन्धन भएको बताउँदै अहिले एकले अर्काको विरोधी नभई स्वस्थ प्रतिस्पर्धीका रुपमा लिनुपर्ने उनिहरुको भनाई रहेको छ ।,
गठबन्धन घटक चार दलका शिर्ष नेताहरुले बुधबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै नेकपा माओवादी केन्द्रका अनुशासन आयोग केन्द्रिय अध्यक्ष तथा स्थायी समिति सदस्य टंक राईले गठबन्धनमार्फत मुलुकलाई स्थिरता दिन नसकेमा राजनीतिक परिणाम दुर्भाग्यपूर्ण र भयभह हुने भएकाले गठबन्धनमा आँच आउने, बद्नाम हुने, शंका पैदा हुने गतिविधि नगर्न आग्रह गर्नु भएको छ । उहाँले मुलुकको आवश्यकताका र पाँच वर्षे स्थायी सरकार दिनका लागि गठबन्धन भएको बताउनु भयो । देशीविदेशी प्रतिक्रियावादी शक्ति विरुद्ध अहिलेको गठबन्धन हो । केपी ओली विरुद्ध हैन, ओली त देशीविदेशी प्रतिक्रियावादी शक्तिको मोहोरा मात्रै हुन्। राईको भनाई थियो ।
गठबन्धन घटक पार्टीमा सहिष्णुता हुनुपर्ने र अहिलेको परिस्थिति भनेको गठबन्धनलाई तल्लोस्तरमा पु¥याउने चरण भएको कांग्रेस महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेलले बताउनु भयो । गठबन्धनमा रहेर अमर्यादित राजनीति नगर्न तथा मित्रवत सम्बन्ध बनाउन र मित्रवत प्रतिष्पर्धा गर्न पोखरेलले मातहतका नेता कार्यकर्तालाई निर्देशन समेत दिनु भयो । गठबन्धनको आचारसंहितालाई हुबहु पालना गरेर गठबन्धनलाई बलियो बनाउन बाहेक विकल्प नरहेको उहाँको भनाई थियो ।
कांग्रेसका केन्द्रीय सदस्य सरस्वती वजिमयले केन्द्रबाट आएको निर्देशनलाई पालना गर्दै गठबन्धनलाई जिताउन अपिल गरिन् । गठबन्धनलाई दायाँबाँया हुन नदिन र अविश्वास सिर्जना हुन नदिन सबै एकजुट हुनुपर्ने माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य समिता कार्कीले भन्नु भयो । प्रतिगमनकारी शक्तिसँग गठबन्धन गरेर नजान पार्टीको निर्देशन भएको र त्यस्तो भएको भए तत्काल छलफलबाट किनारा लगाईने कार्कीको भनाई थियो । उद्देश्य प्राप्तीमा इमान्दार बनेर अघि बढ्नुपर्ने कार्कीको तर्क थियो।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुर्य राईले गठबन्धनमा केही समस्या भए पनि अब पछाडी फर्कन नसकिने र अगाडी बढ्नुको विकल्प नरहेको बताउदै गठबन्धनभन्दा बाहिर सहकार्य हुने अवस्था नरहेको बताउनु भयो । नेकपा एसका नेता राजन आचार्यले गठबन्धनका क्रममा केही कमजोरी भएको र त्यसको निर्वाचनपछि समिक्षा हुनुपर्ने बताएका छन् । टोलवस्तीसम्म मतदाता शिक्षा दिनु जरुरी रहेको आचार्यको भनाई थियो ।
मुलुकको हकहितको पक्षमा कुनै पनि काम गर्नुपर्छ भने बाम लोकतान्त्रिक गठबन्धन हुनुपर्ने रहेछ भन्ने इतिहासमा प्रमाणित भइसकेको र तथ्यको आधारमा गरिएको गठबन्धनलाई कसैले पनि अपवित्र गठबन्धन भन्ने दुस्साहस नगर्न माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोग अध्यक्ष राईले चुनौती दिनुभयो ।
हलेसीमा एमालेसँग घोषित गठबन्धन बनाएर एमालेलाई मेयरमा जिताउने गरी प्रस्तुत हुदैनौ, भएका छैनौ । हाम्रा जिम्मेवार साथीहरुले एमालेसँग गठबन्धन गरेको छैन । ढुक्क र आस्वस्थ हुन आग्रह गर्दछु । अनुशासन आयोग अध्यक्ष राईले भने, ‘नेपाली जनताको इच्छा, चाहाना, आवश्यकताले बनेको गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म कायम गरेर लैजानेमा प्रतिबद्ध छौ ।’