चखिया भञ्ज्याङमा सिर्जनशिल पहिचानवादीका पदचापहरु

किकोस

खोटाङ । भोजपुर र खोटाङको सिमाक्षेत्र चखिया भञ्ज्याङमा चैत्र ४ गते पहिचानवाद्ीका पदचापहरु परेका छन् । साहित्य सिर्जनाको माध्यामबाट पहिचानको पक्षमा निरन्तर बहसको सिर्जना गरिरहेका काव्यिक स्रष्टाहरुले चखियामा जमघट गरेका हुन् ।

सिमाक्षेत्रमा रहेको चखियामा शुक्रबार भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्थित चाखिया भञ्ज्याङ्गमा पहिचानको मुद्दा बोकेर निरन्तर अभियान जुटिरहेका सर्जकहरु मध्ये ‘पथेर’ कथा संग्रह सर्जक श्याम शाह र ‘कदम’ उपन्यास संग्रहका सर्जक अनन्त वाग्लेलाई पहिचान पुरस्कारले सम्मानीत गरिएको छ ।

नेपालकै ठूलो तथा धेरै धनराशि भएको पहिचान पुरस्कार कोषको आयोजनामा भएको कार्यक्रममा पहिचानको मुद्धा र आन्दोलनलाई स्थापित गर्न निरन्तर कलम चलाउने सर्जकहरुलाई पहिचान पुरस्कार कोषले नगद रु. चार लाख दुई हजार दुई रुपैयाँ सहित सम्मान पत्रद्वारा सम्मान गरेको छ । कोषले गतवर्षमा भने कोरोना भाइरस (कोभिड–१९) को माहामारिको कारण पुरस्कार वितरण गर्ने कार्यक्रम स्थगन गरेको थियो ।

कुनै पनि पुरस्कार वा सम्मान कुनै संग्रह तथा व्यक्तिको लागि साधारण र क्षणिक नहुने कोषबाट पुरस्कृत सर्जक अनन्त वाग्लेले बताएका छ्न् । सर्जक वाग्लेका भनाई अनुसार,‘हामी वा हामिले सिर्जना गरेको कुनै संग्रह पुरस्कृत हुँदै गर्दा अथवा भैसकेपछि त्यो पुरस्कर हर्षको कुरा त छदैछ तर त्यसमा थप जिम्मेवारी पनि रहेको कुरा बुझन आवश्यक रहेको छ ।’ पुरस्कारबाट आएको रकम आधा हिस्सालाई एक नयाँ कोषमा खर्चिने समेत सर्जक वाग्लेले बताए ।

यो पहिचानको मुद्दा तथा आन्दोलनको विषयमा कलम चलाउँदै गर्दा पाईएको यश पुरस्कार मात्रै नभएर थप कामको लागि नयाँ उर्जा र चुनौती समेत बढेको अर्का पुरस्कृत श्याम शाहले बताए । शाहका अनुसार, ‘पुरस्कार पाउँदै गर्दा त्यसलाई पुरस्कारको रुपमा मात्रै नभैइ सिर्जना प्रतिको जिम्मेवारि र चुनौतिको अर्को रुप हो’ ।

उक्त पुरस्कार वितरण समारोहमा बोल्दै हामीले पहिचानको मुद्दा तथा आन्दोलनहरुलाई स्थापित गर्न्क लागि रहँदा आफ्नो मातृभुमिको पनि संरक्षणमा जोड दिन आवश्यक रहेको राजनैतिक विश्लेषक तथा साहित्यकार खगेन्द्र संग्रौलाले बताए । राजनैतिक विश्लेषक तथा साहित्यकार संग्रौलाको भनाई अनुसार, ‘टेम्के डाँडाबाट धेरै ठाउँहरुको अवलोकन गर्न सकिन्छ तर पनि यहाँ केही मान्छेहरु त्यो सुन्दर टेम्के डाँडामा भ्यु टावर बनाउन लागिरहेको छ रे त्यो मान्छेले डाँडाबाट के चाहिँ नदेखेर भ्यु टावर बनाउन खोजेको हो ।’ प्रकृति आफैले दिएको सुन्दर साथै गगन चुम्बी डाँडाको अस्तित्वलाई मेटेर विकासको नाममा भ्यु टावर निर्माण गर्न आवश्यक नरहेको र त्यसलाई संरक्षणको महत्त्व रहेको समेत राजनैतिक विश्लेषक तथा साहित्यकार संग्रौलाले बताए ।

यस्तै पहिचान पुरस्कार कोष नेपालकै एक ठूलो र धनराशी रहेको कोषका संस्थापक तथा युद्ध कवि काङमाङा नरेश राईले बताए । संस्थापक तथा युद्ध कवि राईका भनाई अनुसार, ‘यो पुरस्कार कोष कसैले सरकार संग नमागी, कसैको सम्पती प्रसस्त भएर खडा नगारिएको र यो कोष नितान्त ती पहिचानको मुद्दाहरुलाई अगाडी सार्दै कलम चलाईरहेका जुन सुकै विधाका सर्जक तथा संग्रहहरुलाई गत २०७२ सालमा स्थापित भए देखि निरन्तर पुरस्कृत गर्दै आएका छौं ।’ यस पहिचान पुरस्कारबाट हाल सम्म पाँच जना सर्जकहरु पुरस्कृत भैसकेको समेत कोषका संस्थापक तथा युद्ध कवि राईले बताए ।

  • रातो पर्खालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार