कविता :- ओ महाशय !

– भिम राई ( माक्पाली कान्छा)

ओ महाशय !
उ… पर डाडाँमा हेर
त्यहाँ उभिएको देख्दै छौ
सिक्रिएको एउटा बुढो रुख
निरन्तर
पर्खि रहे जस्तो छ कसैलाई

स्पष्ट देखिन्छ
आधा भागमै तेर्साे परेको हाँगा
त्यस्को ठिक मुनि
राखिएकाे छ काठको तख्ता
कसैको कुल्चाई पर्खि रहेछ
अहिले

त्यहि तख्ता चढ्न
बनेको रहेछ खुटकिला
सतर्क अवस्थामा झुन्डिएकोछ
एउटा चुक्कुल
ठिकमुनी छ खाली जमिन
त्यसकै सिधामाथी झुण्डिरहेछ
सुर्क्याउनी परेको
एक थान डोरी

नियालेर हेर अझै पर ..
समयले
लिएर आउदैछ कसैलाई
छोपेर मखुण्डाेले अनुहार
नचिनोस कसैले भनेर
खेर नजावस मान्छेहरुको
अमुल्य थुकहरु

केही समय प्रतीक्षा गर
नजिकै पुर्याएपछि
उतारिने छ
चिन्ने छौ प्रष्ट तिमिले
त्यो तिम्रै बादशाह हुन
थरथरी काँपी रहेछन्
अहिले उनि

हेर अब
चढाईने छ तख्तामा
भिराईने छ घाँटीमा
त्याे झुण्डिएकाे डोरी
खुस्काईने छ
तलबाट चुक्कुल
तब बज्न थाल्ने छ
परर…
कर्त्वल ध्वनिका साथ तालिहरु

महाशय !
बादशाहको कर्तुतले
जनघाती र देशद्रोही
काम गरेको खातिर
प्रतिगमन र राष्ट्रघातकाे
कदम उठाए वापद
मान्छेहरुका सपना हत्याकाे आराेपमा
फाँसी दिईका छन् उनिहरु

विचारमा विघटन
सिद्धान्तमा च्युत
अस्थिरता अराजकताका अभियान्ता
एउटा राष्ट्रघाति, देशद्रोही शासकलाई
टेक्ने अधिकार छैन
हाम्रो प्यारो माटो

सुन्यौ !
उ गुन्जदैछ नाराहरु
राष्ट्रघाती- मुर्दावाद
प्रतिगमन- मुर्दावाद

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार