चाैथाे अंग खोटाङ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको जिल्ला संयोजकमा डिआर खड्का चयन हुनुभएको छ । लामो समय विद्यार्थी सङ्गठनमा काम गर्दै आएका खड्कालाई शनिबार दिक्तेल बजारमा सम्पन्न जिल्ला भेलाले जिल्ला संयोजकको जिम्मेवारी तोकेको हो ।नेकपा माओवादी केन्द्रका खोटाङ जिल्ला सह इन्चार्ज ध्रुव बुढाथोकी धिरेनको प्रमुख आथित्यतामा भएको भेलाले ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिको गठन गरेको छ । अाईतबार दिक्तेल स्थित माअाेवादी केन्द्रकाे कार्यलयमा पत्रकार सम्मेलन गर्दै ३५ सदस्यिय समितिकाे गठन भएकाे जनाईएकाे हाे।भेलापछि बसेकाे अायाेजक कमिटिकाे पहिलाे बैठकले सम्मेलन केन्द्रित विभिन्न उप समितिहरु समेत ताेकेकाे छ। संगठनले पुस ९ र १० गते जिल्ला सम्मेलन ताेकेकाे छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति धिरेनले अब देशको नेतृत्व हाँक्ने र समय अनुकुल राजनीतिक विचारलाई प्रवाह गर्ने शक्ति भनेको युवा विद्यार्थी भएकाले सबैले जिम्मेवारीका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
उहाँले ठुलठुला राजनीतिक विद्रोहको नेतृत्व विद्यार्थीहरुले नै गरेको स्मरण गराउँदै समाज परिवर्तनको दिशामा निरन्तर लाग्न सबैलाई अनुरोध समेत गर्नुभयो । कार्यक्रक्रममा विशेष अथिति अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य पार्वत राईले विद्यार्थी आन्दोलनको बारेमा बोल्दै जिल्ला सम्मेलन आयोजक समितिको घोषणा गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा माओवादी केन्द्र खोटाङका जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले विद्यार्थी आन्दोलनको संवाहक रहेको बताउनुभयो । उहाँले विद्यार्थीले राजनीति नबुझेसम्म समाजले राजनीति नबुझ्ने भन्दै सबैलाई अध्ययनशील राजनीतिमा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बराहापोखरी गाउँपालिका इन्चार्ज निशाना राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका जिल्ला तहका अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।
भेलाको अध्यक्षता अनेरास्ववियु क्रान्तिकारीका विघठित समितिका जिल्ला अध्यक्ष माया चाम्लिङले गर्नुभएको थियो । जिल्ला सम्मेलन आयोजक समितिले तीन महिनाभित्र जिल्ला गठन भएसँगै जिल्ला समिति भङ्ग गरिएको छ ।
जिल्ला सम्मेलन आयोजक समितिको नामावली यस प्रकार छ ।
संयोजक ः डिआर खड्का
सदस्यहरु
अस्मिना राई, रमिला बास्तोला, उत्सव सुनुवार, एकराज बुढाथोकी, केजिन राई, सुवास कालिकोटे, मिना राई, प्रकाश पोख्रेल, पारस रिजाल, अमिसा राई, भुवन आचार्य, नविन विक, दर्शन राई, राकेश राई, रन्जना श्रेष्ठ, आकाश राई, सोनिसा पौडेल, तिलक खत्रि, सुरज थापा, सन्तोष दर्नाल, अजय गदाल, सन्दिप थापा, एस्विन विक, उमा राई, लक्ष्मि राई, निराजन तामाङ, सुयोग नाछिरिङ, आयुषा खत्रि, प्रनिश गुरागाई रहेका छन् । आयोजक समितिको बैठकले ५ जना सदस्यहरु मनोनयन गर्ने समेत निर्णय भएको जिल्ला संयोजक खड्काले जानकारी दिनु भयो ।