चाैगाे अंग
खाेटाङ,२४ असार । खोटाङको साकेलामा भुजेल भाषा संस्कार–संकृति (पुजारामे) को ४ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका विचमा स्वास्थ्यका मपदण्ड अपनाएर भुजेल भाष संस्कार–संकृति पहिचानमा अाधारीत पुजारामेको प्रशिक्षण कार्यक्रम खाेटाङकाे साकेलामा बिहिबार सम्पन्न भएकाे हो ।
भुजेल समाज सेवा खोटाङको सहजीकरण, भुजेल समाज सेवा साकेला गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएकाे भुजेल संघ खाेटाङका प्रजाकुमार भुजेलले जानकारी दिनु भयाे । साकेला गाउँपालिका खोटाङले आर्थिक सहयोग गरेकाे साे पुजारामे प्रशिक्षण कार्यक्रम गरिएको भुजेल समाज सेवा साकेला गाउँपालिका संस्कार– संस्कृति संरक्षण संयोजक समेत प्रजा कुमार भुजेलले जानकारी बताउनु भयाे ।
“जिल्लामा भुजेल बन्धुहरू धेरै हुनुहुन्छ तर भुजेल भाषा, संस्कार–संस्कृति छ भन्ने भुजेललाई नै थाहा छैन, त्यसैले हामीले आफ्नो भाषा संस्कार सस्कृती पहिचान गरि जिल्लामा भुजेल संस्कार संस्कृती भित्र्याउन कार्यक्रमको आयोजना गरेका हाैँ” प्रजाकुमार भुजेलले भन्नू भयाे ।
चार दिने प्रशिक्षण कार्याक्रममा भुजेलहरुको जन्म संस्कार, विवाहमा सस्कार, मृत्यु संस्कार लागायतका जन्म देखी मृत्युसम्मका संस्कारहरूको विषयमा प्रशिक्षण दिइएको छ । दिक्तेल रूपाकोट मझुवा गढी नगरपालिका, साकोला गाउँपालिका र तेह्रथुम जिल्लाका ७ जनाले उक्त प्रशिक्षण लिएका छन् ।
भुजेल भाषा संस्कार–संस्कृति नेपालका हरेक भुजेलहरुको घर घरमा पुराउनु पर्ने प्रशिक्षक तथा भुजेल संस्कार–संस्कृति संरक्षण समितिका केन्द्रिय सदस्य वाल कुमार भुजेलले बताउनु भयो । उहाँले नेपालको पश्चिमी जिल्लाहरूमा भाषा संस्कार–संस्कृतीको जोगीएकै छ । तर पूर्वका भुजेलहरुलाई भाषा संस्कार संस्कृति छ भन्ने कुरा थाहा नहुदाँ आफूलाई दुख लागेको बताउनुभएकाे छ ।
भुजेल भाषा र संस्कृति खोज र अनुसन्धान गर्न आफू पनि लागी परिरहेको आफ्नै ठाउँमा पुजारामेको प्रशिक्षण लिन पाउँदा अत्यान्त हर्षित भएको र प्रशिक्षणबाट सिकेको कुरालाई व्याबाहरमा लागू गर्ने प्रशिक्षार्थी प्रकाश कुमार भुजेलकाे भनाई रहेकाे छ ।
भुजेल भाषा संस्कार–संस्कृति आफ्नै भएकाले यसको खोज तथा अनुसन्धानमा गर्न भुजेलहरु आफै सकृय भएर लाग्नु पर्ने शाकोला गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले बताउनु भयो । “हाम्रो देश बहुभाषा बहु संस्कृति भएको देश हो त्यसैले सबैले आ आफ्नै संस्कार संस्कृति संरक्षण गर्नु पर्दछ” उहाको भनाई छ । यसको लागी साकेला गाउँपालिकाले आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने पनि उहाँले प्रतिवद्दता व्यक्त गर्नु भएकाे छ ।
कार्क्रममा भुजेल समाज सेवा साकेला गाउँपालिका अध्यक्ष कुमार सिंह भुजेल, भुजेल समाज सेवा खोटाङका सचिवालय सचिव उमेश भुजेलले लगायतले कुनै पनि जातीको संस्कार–संस्कृति भित्र्याउन जाती आफै एकतृत हुने पर्ने भनाई राखेका थिए ।
जिल्लामा हालसम्म दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा ६ नेर्पा र रावा बेसी गाउँपालिकाको वडा नं ६ हौंचुरमा भुजेलहरुले अाफ्नाे मृत्यु संस्कारमा भुजेल संस्कारकाे प्रयाेग गर्न थालेका छन् ।
भुजेल जातीकाे “पुजारामे” विधिकाे प्रशिक्षण कार्यक्रम सम्पन्न
#पुजारामे