खोटाङमा वैदेशिक रोजगारमा गएर फर्किएका युुवाहरुलाई समेटेर रिर्टनी सेन्टर नेपाल जिल्ला समिति खोटाङ गठन भएको छ । दिपेन्द्र राईको अध्यक्षतामा गठन भएको सेन्टरको सचिवमा भने लक्ष्मीकुमार श्रेष्ठ चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालयमा भएको भेलाले १७ सदस्यीय समिति गठन गरेको हो । माओवादी केन्द्रको जनसंगठनको रुपमा रहेको रिटर्नी सेन्टरले वैदेशिक रोजगारमा गएर आएका युवाहरुलाई उद्यमशिल बनाउने लक्ष्य राखेको सेन्टरका केन्द्रिय सदस्य इन्द्र नाराथुुङ्गेले जानकारी दिनु भयो ।
‘आत्मनिर्भरताका लागि उत्पादनमा श्रम, सिप र पुुँजीको प्रयोग’ भन्ने नाराका साथ शुरु भएको रिर्टनी सेन्टर खोटाङले जिल्लामा रहेको दशवटै पालिकाहरुमा संगठन निर्माण गर्ने जनाएको छ । वैदेशिक रोजगारबाट फर्किएकाहरुको अनुुभवहरुबाट आर्थिक सम्पन्नता उन्मुख समाज निर्माण गर्न सकिने बताउँदै रिटर्नी सेन्टर प्रत्येक पालिका र टोलहरुमा पुुगेर साझा सहकार्यमा उत्पादनमुुखी कामहरु जोडिने छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश समिति सदस्य तथा जिल्ला संयोजक दिपक पाण्डे आकाश, प्रदेश सदस्य सुरेश राई लगायतको उपस्थिती रहेको थियो ।