ढोल झ्याम्टासँगै शुरु हुन्छ जालपा माविमा पढाई

जालपा/ खोटाङ जिल्लाको जालपा माध्यामिक विद्यालयमा प्रत्येक दिन ढोल झ्याम्टासँगै पढाई शुरु हुने गरेको छ । विद्यार्थीहरु विद्यालय छिरेपछि शुरु हुने प्रार्थाना सभामा रैथाने बाजा ढोल झ्याम्टा बजाउने गरिएको हो ।

विद्यालय शुरु हुनसाथ लाईनमा उभिएर ढोल झ्याम्टाका् तालसँगै राष्ट्रगान गाईन्छ । यसपछि विद्यालय आफैले निर्माण गरेको विद्यालयको गाना बजाउने गरिन्छ । शिक्षक तथा विद्यार्थीहरु मिलेर एक साथ गाईने स्कुल गान गाएपछि पहिलो चरणको कक्षाका लागि विद्यार्थी कक्षा कोठा जाने गरेका छन् ।

विद्यालयलाई फरक शैलिबाट संचालन गर्नका लागि विद्यालयले स्कुल गान बनाइएको विद्यालयका शिक्षक दिलबहादुर राईले जानकारी दिनुभयो । मुसल जिपुङको संगीतमा रहेको स्कुल गान दिलबहादुर राईले नै लेख्नु भएको हो ।

गीतमा जालपाकाे वर्तमान वडाध्याक्ष दान बहादुर राई, रायरा हम्रुङ, समला राई, गृष्मा राई लगायत ८ जनाकाे स्वर रहेकाे छ।

ढोल झ्याम्टाको तालसँगै गीत गाउँदा मन प्रफुल्ल हुने गरेको विद्यार्थी अनिल तामाङले बताउँछन् । यस्तै विद्यार्थी रिता विकले स्कुल गान बज्दा मार्च पास गरौँ गरौँ लाग्ने गरेको अनुभव सुनाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार