अनेम संघ खोटाङद्धारा विरोध ¥यालि

चौथो अंग
खोटाङ, ९ फागुन । अखिल नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरोधमा आईतबार ¥यालि प्रदर्शन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुह निकट अनेम संघले खोटाङ जिल्लामा विगतमा बलत्कारपछि हत्या गरिएका महिलाहरुले हाल सम्म न्याय नपाएको विषयलाई ¥यालीमा उठाएका छन् ।

अनेम सँघको केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य दुर्गाजयन्ती राईको उपस्थितिमा ¥यालि पछि त्रिवेणी चोकमा भएको कोण सभामा वर्तमान प्रधानमन्त्री केपी ओलिले प्रतिनिधी सभा विघटन घोर असंवैधानिक रहेको सबै वक्ताहरुले बताएका छन् । संविधान सभा सदस्य राईले ओलिको कदम प्रतिगामी रहेको भन्दै सबैले डटेर सामना गर्नु पर्ने धारणा राखेकी छन् । उनले सरकारको लाचारीपनको विरोध गर्दै महिला हिँसाको घटनाहरुमा सरकार गम्भिर नभएको बताएकी छन् ।

अर्का केन्द्रिय सदस्य निशाना राईले खोटाङ जिल्लामा भएको विगतमा बलत्कार पछि हत्या गरिएका रिता तामाङ, देवि विक तथा हत्या गरिएको ज्ञानी माया विकको हत्यारा अहिले सम्म पत्ता लगाउन नसकेकोमा आपत्ती प्रकट गरेकी छन् । महिलाहरु कहाँ कतिखेर के हुने हो ? भन्ने विषयमा चिन्ता रहेको भन्दै महिला हिँसा नरोकिएको निशानाको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै अनेम संघ खोटाङका सहसचिव संगीता राईले ओलिको प्रतिगामी कदमको विरुद्धमा सडकमा आउनु परेको धारणा राखेकी छन् । यस्तै नेकपा नगर कमिटि अध्यक्ष विसन राईले आन्दोलनको औचित्यता झन बढ्दै गएको भन्दै प्रतिगमन नसच्चिए सम्म निरन्तर आन्दोलनमा लागिरहने बताए । अनेम संघ खोटाङका जिल्ला संयोजक ध्रुवा राईको संयोजनमा कार्यक्रम भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार