हिमालयन ट्रष्टले हिमालय मा.वि.लाई कम्प्युटर दिने

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा स्थित हिमालय माध्यामिक विद्यालयलाई हिमालय ट्रष्ट नेपाल मार्फत १३ थान डेक्सटप कम्प्युटर उपलब्ध हुने भएको छ । ट्रष्टको सहजीकरणमा इडियु टेक नेपाल फाउण्डर माईक चिसहोमले विद्यालयलाई १३ थान कम्प्युटर उपलब्ध गराउने भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सप्तमणी राईका अनुसार फाउण्डर माईक चिसहोम नेदरल्याण्डका नागरिक हुन् । लामो समययता नेपालमा बसोबास गर्दै आएका उनले आफ्नो कमाईको सम्पुर्ण खर्चले नेपालका दुर्गम क्षेत्रका विद्यालयहरुलाई कम्प्युटर उपलब्ध गराउने लक्ष्य अनुसार विद्यालयलाई कम्प्युटर प्राप्त भएको हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही सर एडमण्ड हिलारीको मुख्य फाउण्डीङमा स्थापित हिमालयन ट्रष्ट नेपालले हिमाली जिल्ला सोलुमा निकै लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको भएपनि खोटाङ जिल्लामा भने यो दोस्रोवर्ष मात्र हो ।

यसैगरी हिमालयन ट्रष्ट नेपालको सहजीकरणमा बुलापन्थे माध्यामिक विद्यालय हलेसी धितुङ, सितला माध्यामिक विद्यालय दिक्तेल खाल्ले र शिसु माध्यामिक विद्यालय मेहश्वरी ऐसेलुखर्कलाई समेत कम्प्युटर सहयोग गर्ने भएको छ । बुलापन्थे माध्यामिक विद्यालय घितुङलाई २१ थान, सितला माध्यामिक विद्यालय खाल्लेलाई १३ थान, शिसु माध्यामिक विद्यालय महेश्वरीलाई १३ थान गरि ट्रष्टमार्फत यो बर्ष खोटाङमा ६० थान कम्प्युटर हस्तान्तरण हुने छ ।

काठमाडौमा भएको सम्झौतामा ट्रष्टका तर्फबाट पासाङ दावा शेर्पा, विद्यालयको तर्फबाट विव्यास अध्यक्ष, फाउण्डरको तर्फबाट माईक चिसहोम र हिमालयन ट्रष्टका सिइओ मिङ्मा नोर्बु शेपाले हस्ताक्षर गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार