खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाको नाखाम गाउँमा गएको मंसिर २० गते विहान निक्कै हल्ला खल्ला भयो । स्थानीय शिक्षक लालकन्या आधारभुत विद्यालयको प्रधानाध्यापक समेत रहनु भएको रुपमान तामाङको घरमा तनाव सृजना भएको थियो । अघिल्लो दिन मंसिर १९ गते साँझ ८.०० बजे सम्म सँगै टेलिभिजन हेरेर सुत्न गएकी ठुलो छोरी पवित्रा तामाङ विहान उठ्दा कोठामा भेटिएनन् ।
केही महिना अगाडिमात्र जुँवाईसँग पारपाचुके लिएर माईतिमा आएर बसेकी ३६बर्षिय पवित्रा तामाङ घरबाट एकाएक हराएपछि गाउँघरमा खोजतलास शुरु भयो । नजिकका छिमेकी, आफन्तहरुलाई खबर गरियो । तर पवित्रा भेटिईनन् । खोजी तलास गर्दा समेत नभेटिएपछि प्रहरीमा हुलिया समेत दिएर खोजिकार्य शुरु भयो । हुलिया दिएर प्रहरीले समेत सूचना जारी गरेर नेपालभरी उनको खोजिकार्य भयो । पवित्रा तामाङ कहिँ भेटिएनन् । उनि कता गईन भन्ने समेत कुनै चिनोबानो नभेटेपछि उनका आफन्तहरु चिन्तित् नहुने कुरै भएन् । गाउँले सबै चिन्तामा परेपछि उनिहरुले गाउँकै सबै खोला खोल्सि, भिर पहरा, वनजंगलमा खोज्ने निधो गरे ।
पवित्रा हराएको १४ दिन भईसकेको थियो । मंसिर १९ गते देखि बेपत्ता भएकी पवित्रालाई खोज्न पुस ३ गते गाउँका सबैजना सबै तीर छरिए । यसरी छरिएर खोज्न निस्किएका गाउँलेहरु कोही जंगल, कोही, खोला खाल्सी, कोहि भिर पहरा छरिएका थिए । उनिहरु मध्ये केही मानिसहरु मृतकका बुवा रुपमान तामाङकै बर्खे गोठहुँदै जाँदै थिए । गोठमा पत्कर (पात्लेको पातहरु) पहिल्यै बाट जम्मा गरिएको थियो । त्यहिबाटो हुँदै जाँदा पत्करमा अलिकती मानिसको खट्टुा देखियो । घरदेखि करिब ३०० मिटरमात्र टाढाको गोठमा यसरी खुुट्टा भेटिएपछि खोलेर हेर्दा १४ दिन देखि हराएकी पवित्राको लाश भेटियो ।
पवित्राको लाश भेटिएको खबर प्रहरीलाई समेत खबर गरियो । प्रहरीको टोली पुस ३ गते नै घटनास्थल पुुगेर अनुसन्धान अगाडि बढायो । प्रहरीले मृतकको हत्या भएको सहज अनुमान गरी घटनास्थल वरिपरि प्रमाण जुटाउन सकिएला की ? भनेर सोधपुछ तथा खोजविन गर्न थाल्यो । हेर्दै जाँदा गोठको नजिकै एउटा फलामे ह्याम्मर (मार्तोल) समेत फेला पा¥यो । प्रहरीले एकातिर अनुसन्धान अगाडि बढायो भने अर्कोतर्फ लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ पठायो ।
यो सँगै प्रहरीमा चुुनौति थपियो पवित्राको हत्यारा को हुन सक्छ ? कोहीसँग रिसइवि नराखेकी पवित्राको विगत तर्फ प्रहरीले खोजी ग¥यो । पवित्रा पहिल्यै खोटाङकै दिक्तेल रुपाकोट मझुवागण्ी नगरपालिका वडा नम्बर ११ मा विवाह गरी गएको तथ्य खुल्यो । विवाह पछि ४ जना छोरीहरु जन्मेका थिए । छोरीहरु जन्मि सकेपछि पारिवारिक बेमेलका कारण उनले (डिभोर्स) पारपाचुके गरेर सानी छोरीसँग माईतिघर मै बस्दै आएकी खुल्यो । यसले उनको पहिलेको परिवार तर्फपनि अनुसन्धान भए तर त्यसमा कुनै प्रमाण फेला परेन । घटना भएको १४ दिन वितिसकेको थियो । हत्याराले सकेसम्म प्रमाणहरु नष्ट गर्ने संभावना तर्फपनि प्रहरी सचेतता पुर्वक अगाडि बढ्यो ।
मृतकको लाश उठाउने मुचुल्काकै बेलामा प्रहरीले मृतकसँग भएको सुनको गरगहना, मोवायल समेत हत्याराले लुटेर लगेको सुचना पाएको थियो । त्यहि प्रमाणहरुको आधारमा प्रहरीले अनुसन्धानको दायारा फराकीलो बनायो । खास गरेर हत्याको मुख्यकारण सुनका गरगहना तथा मोवायल लुट्नु नै हो भन्ने प्रहरी विस्वस्त थियो । अनुसन्धानलाई प्रहरीले मसिनो हिसाबले शुरु ग¥यो । यसरी अनुसन्धान गर्दै जाने क्रममा प्रहरी चारैतिर परिचालित भयो । जिल्लामा भएका सम्पुर्ण सुन पसलहरु, फर्निचरहरु सबैतीर निगरानी बढाएको प्रहरीले दिक्तेल बजारको एक सुन पसलमा सानो चारढिके फुलि बिक्रीमा आएको जानकारी पायो । सुन पसलेले बिना बिलको सुन किन्न नमिल्ने बताएका थिए । उक्त सुनको चारढिके फुलि बिक्रि गर्न आएका व्यक्ती खोज्दै जानेक्रममा प्रहरीले अर्को तथ्य समेत फेला पा¥यो मृतक पवित्राले लगाएको गहना मंसिर २० गते नै एउटा शहकारीमा धितोमा राखिएको रहेछ । यसपछि पत्ता लाग्यो हत्याराले प्रयोग गरेको ह्याम्मर पनि विदेशबाट ल्याइएको रहेछ । यी सबै पत्ता लगाएपछि अन्तत् प्रहरीले हत्यारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ बस्ने दिपक श्रेष्ठ हो भन्ने निश्कर्ष निकाल्यो ।
प्रहरी यो निश्कर्षमा पुुगेपछि उक्त हत्याराको खोजीमा निस्क्यो । विभिन्न संयन्त्रहरु परिचालन गरेर हत्या भएको २२ दिनपछी अर्थात २०८० साल पुस ११ पवित्रा तामाङको हत्या अभियोगमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३३ वर्षीय दिपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षकी सृजना राईलाई काठमाडौँमा पक्राउ ग¥यो ।
हत्याका अभियोगमा परेका श्रेष्ठले दिएको बयान र प्रहरीले गरेको अनुसन्धान अनुसार मंसिर १९ गते श्रेष्ठ आफ्नो श्रीमत सृजना राईले अनलाईन मार्फत अडर गरेको समान लिने भनेर दिक्तेल बजार आएका थिए । उनिसँग उक्त समान लिनका लागी रकम नभएपछि घरबाटै पवित्रा हत्याको योजना बनाएका थिए । उनले घरबाटै उनको काकाले वैदेशिक रोजगारबाट फर्किदा ल्याएको फलामको ह्याम्मर उनले यो भन्दा दुईबर्ष अगाडि नै कब्जा गरेका थिए । त्यहि ह्याम्मर झोलामा बोकेर उनि हिँडेका थिए । श्रेष्ठले यस अघि बाँस तथा जडिबुटीहरुको व्यापार गर्दै आएका थिए । यहि शिलसिलामा पवित्रा र उनको चिनजान भएको थियो । श्रीमानसँग पारपाचुके अर्थात डिभोर्स गरिसकेकी पवित्रासँग उनको सम्बन्ध समेत रहेको थियो । त्यहि बेला उनले सुनको गरगहना भएको थाहा थियो । उनिहरुको बीचमा मोवायलमा सम्पर्क भईरहने गरेको थियो । त्यहिकारण श्रेष्ठले श्रीमतीका लागि अनलाईन सपिङको समान लिन पवित्राको हत्याको योजना बनेको थियो ।
मंसिर १९ गते विहान घरबाट हिँडेका श्रेष्ठ सदरमुकाम आएर दिक्तेल मुढेको बाटो हुँदै बेलुकी पाथेकाको नाखाम पुगेका थिए । घरपरिवारमा सँगै बसेर टिभि हेरिरहेकी पवित्रालाई फोन गरेर उनले भेट्न बोलाए । करिब ८.०० बजे भेट्न निस्केकी पवित्रालाई बर्खे गोठमा उनले टाउको ह्याम्मर प्रयोग गरेर हत्या गरे । हत्या गरेपछि उनको गरगहना तथा मोवायल लुटेर त्यहि मोवायल बालेर राती नै घर फर्किएका थिए । राती जालपा स्थित आफ्नो घर पुगेका उनले मंसिर २० गते आफ्नो आमालाई नजिकैको सहकारीमा सुन राख्न लगाए । त्यसबाट प्राप्त पैसा बोकेर उनले अनलाईन सपिङको पैसा तिरे । यसपछि श्रीमान श्रीमती दुवै ससुराली केपिलासगढीको सुङ्देल तर्फ गए । मंसिर २५ गते बाक्सिला बजारमा खाना खाएर उनिहरु सुङदेल गएका थिए । सुङ्देलमा श्रीमती सृजना राईको बुवालाई उक्त लुटिएको फोन दिएर उनिहरु मंसिर ३० गते काठमाडौँ पुगेका थिए ।
काठमाडौ पुग्दा सम्म हत्या गर्दा लागेको कपडा समेत धोएका थिएनन् । काठमाडौ पुगेर उनिहरुले पहिले बस्दै आएको कोठा समेत छाडेर नयाँ ठाउँमा कोठा सरेका थिए । तर पाप धुरीबाट कराउँछ भन्ने उक्ती अनुसार श्रेष्ठ दम्पतिको पाप धुरीबाटै करायो । उनिहरुले सरेर गएको कोठामा पनि प्रहरी पुग्यो । उनीहरुलाई पुस ११ गते ललितपुर महानगरपालिका–३ बोजेपोखरीबाट पक्राउ गरियो । पक्राउ पछि प्रहरीले अभियोग सहित जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा पेश ग¥यो । यस प्रकृया सम्म पुगेपछि सरकारी वकिलको कार्यालय मार्फत श्रीमती सृजना राई भने छुटिन् । श्रेष्ठ भने पुर्पक्षका लागि कारागार चलान भए । अहिले उनी जिल्ला कारागार दिक्तेलको कोठरीमा बसिरहेका छन् ।