‘… पो भन्नु पर्छौ ।’ भन्ने थेगोले पारेको अफ्ठ्यारो
किकोस
जालपा १७, मंसिर । शसस्त्र द्धन्दको बेला आफ्नो नाम तत्कालिन माओवादीका नेता कृष्णबहादुर महरासँग मिलेकै कारण सुरक्षाकर्मीको यातनाबाट मानसिक सन्तुलन गुमाउन पुुगेका कृष्णबहादुर महराले नागरिकता पाएका छन् । खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका महरालाई गाउँमै पुुगेर प्रमुख जिल्ला अधिकारी सान्त बहादुर सुनारले नागरिकता दिएका हुन् ।
उनलाई जालपाबाट आलुको बीउ किन्न नजिकैको ऐसेलुखर्क बजार जानेक्रममा तत्कालिन सुरक्षाकर्मीले सोधखोज गर्ने नाममा माओवादी नेता महराको नामसँग नाम मिलेकै कारण यातना दिएको उनका छिमेकीहरुले बताउँछन् । उनिसँगै बजार गएका उमेरले उनि भन्दा अलि सानो मदन राईले भने सामन्य यातना पाएका थिए । मदन राई पछि आफै शाही सेनामा भर्ति भईगए । उनि अहिले पनि सेनामै कार्ययत रहेका छन् ।
शसस्त्र द्धन्द चलिरहेको बेला २०५८ सालमा सरकारले वार्ताका लागि पहिलो पटक वार्ताका आव्हान गरेको थियो । वार्ताका लागि युुद्धविरामको घोषणा गरेर तत्कालिन माओवादीका नेता कृष्ण बहादुर महरा वार्ता टोलीको संयोजकका रुपमा सार्वजनिक भएका थिए । सरकार र तत्कालिन माओवादी बिच केही चरणको वार्ता पनि भएको थियो । तर दुुर्भाग्यवस दुुईपक्षिय वार्ता निश्कर्ष विहिन भएपछि वार्ता भंग भयो र फेरी माओवादीहरु शसस्त्र युुद्धमा फर्किएका थिए ।
यसको केही महिनापछि जालपाबाट कृष्णबहादुर र मदन दुुईजना आलुको बीउ किन्न ऐसेलुखर्क बजार गएका थिए । त्यसबेला जालपाका केही युवाहरुले एउटा रमाईलो थेगो विकास गरेका रहेछन् । जुन कुरा बोलेपनि पछाडी ‘…पो भन्नुु पर्छौ’ भन्नै पर्ने । ऐसेलुखर्क बजारमा त्यसबेला शाहीसेनाको क्याम्प थियो । गाउँ गाउँमा हतियार सहित गोलि गठ्ठा बोकेर नियमित गस्ती हुने नै भयो । यस्तै सिभिल ड्रेस (अनौपचारिक पोशाक) मा उतिकै घुमुवाहरु । उनिहरुसँग ऐसेलुखर्कमा भेट भयो ।
भेटमा तत्कालिन शाही सेनाको टोलिले दुईभाईलाई सोधे छन् । घर कहाँ हो ?
कृष्णबहादुरले भने छन, ‘जालपा !’
मदन राईले थपिहाले छन् उहि थेगो प्रयोग गरेर, ‘जालपा पो भन्नु पर्छौ..।’
सेनाले फेरी सोधेछ, ‘नाम के हो ?’
विचरा सोझो मान्छे न परे महरा, मेरा नाम कृष्णबहादुर महरा ।’
यसपछि के चाहियो र तत्कालिन सुरक्षाकर्मीलाई उनिहरुलाई यातना दिन थालि हालेछन् । तँ कृष्ण बहादुर महरा ? तलाई नेता हुन मनलाग्यो ? आदी आदी गालिको बर्षा सहित चरम यातना दिएपछि उनिहरुले बल्ल आफुु माओवादी नभएको भन्दै माफि मागेर घर फर्किएका रहेछन् । यहि पिडा पछि मदन अलि सानै कलिलै भएकाले यातनाप्रति त्यति गम्भिर भएनन् । तर त्यहि यातना र पिडाले कृष्णबहादुर महरा भने डिप्रेशनमा गए । हुँदा हुँदै उनको दिमागले काम गर्न छाड्यो र सुस्त मनस्थितिमा पुगेको गाउँलेहरुले बताई रहेका छन् ।
यी माथीका प्रतिनिधी पात्र हुन् महरा । उनी जस्तै १० जनलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष दानबहादुर राईको सक्रियतामा नागरिकता बाँढिएको छ । जालपा भित्रका ७ जना सुुस्त मनस्थिति भएका नागरिक र ३ जना अति विपन्न र सोझा सिधा नागरिकहरुलाई प्रमुख जिल्ला अधिकारी सान्तबहादुर सुनुवार नेतृत्वको टोलीले गाउँमै नागरिकता दिइएको हो ।
अपाङ्गता र गरिबिको कारण नागरिकताको अभावले सरकारले दिँदै आएको सामाजिक सुरक्षा लिने सुविधाबाट समेत बञ्चित रहेका उनिहरुलाई सरकार भएको अनुभुति दिलाउन यो काम गरिएको वडा अध्यक्ष राईको भनाई रहेको छ । अहिले राष्ट्रिय परिचयपत्र विना सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने व्यवस्था भईसकेकाले अब राष्ट्रिय परिचयपत्र बनाउनका लागि समेत संभावना भए टोलि झिकाउने नभएमा यातायातको व्यवस्था गरेर वडाले नै सबै खर्च व्यहोर्ने गरी जिल्ला प्रशासन लैजाने तयारी रहेको छ ।