ओखलढुँगामा खेलाडी खोटाङमा उत्साह : प्रसँग १ न‍. प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल

किकोस
खोटाङ/ प्रदेश स्तरीय मुुख्यमन्त्री कप फुटबल प्रतियोगिता ओखलढुंगामा जारी छ । जारी प्रतियोगितामा खोटाङका फुुटबल खेलाडिहरु पनि छन् । ओखलढुुगाको सिद्धिचरण नगरपालिका–१२ को खेलमैदानमा जारी प्रतियोगितामा बिहिबार खोटाङ जिल्ला सुुनसरीसँग भिड्दै थिए । खोटाङमा मोवायल र ल्यापटप कम्प्युटरमा खोटाङ्गेहरु खेल हेर्दै थिए ।
गोल नेपाल डटकमले खेलको लाईभ प्रशारण गरिरहेको थियो । सबैको ध्यान खोटाङले के गर्छ भन्नेमा अड्किएको थियो । खेलको मध्यान्तर हुनुअगाडि खोटाङ्गे खेलाडिहरुले सुनसरीलाई एक गोल हान्दा दिक्तेल बजारको कोठाहरुनै थर्कियो । सबैले आफै आफै खेलेको भन्दा बढी हर्षित भए । मध्यान्तर भयो केही छिन खेल रोकियो ।
मध्यान्तर पछि खेल शुुरु भयो । सुनसरीले खेलको निकैनै दवाब बढायो । अन्तमा खोटाङ जिल्लालाई सुनसरीले बराबरीमा रोक्यो । खोटाङ्मा अलिकति निराशा र आशा भरिएकाहरु मोवायल र कम्प्युटरहरुमा झुुण्डि रहेका थिए । खेलको निर्धारित समय सकियो ।
केही समयको विश्रामपछि खेल निर्धारित समयमा दुवै समूह बाट एक एक गोल भएकाले ट्राईब्रेकरको खेल शुुरु हुन्छ । खेलमा खोटाङका गोल रक्षक किरण राई उत्कृष्ठ प्रदर्शन शुरु गर्छन । किरणले सुनसरीको एउटा गोल छेक्छन् । तर एम्पाएर फल्ड देखाईदिन्छ र फेरी गोल हान्न लगाउँछ । त्यो गोल किरणले उम्काउँछन् । तर अर्को पटक भने किरणले फेरी अर्को चमत्कार देखाउँछन् जो सुुनसरीको खेलाडिले हानेको फुटबल सहज रोकिदिन्छन् । खोटाङमा फेरी हो–हल्ला शुुरु हुन्छ । हुुर्रे खोटाङ ।
यसपछि आयोजकले खोटाङका किरण राईलाई उत्कृष्ट खेलाडी घोषणा गर्छन । यो सँगै खोटाङ जिल्ला सेमि फाइनलमा प्रवेश गर्छ । यी भए बिहिबारको कुरा भयो अव शुक्रबार सेमिफाईनलको खेलमा खोटाङले संखुवासभाको सामना गर्ने छ ।
यस अघि ओखलढुंगा र ईलाम सेमिफाईनलमा पुगेका छन् । सेमिफाईनलको पहिलो खेल ओखलढुंगा र ईलाम विच र दोश्रो खेल खोटाङ र संखुवासभा विच हुने जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए ।
खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा सोमबार देखी सिद्धिचरण नगरपालिका–१२ को ओखलढुंगा खेलमैदानमा प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगिता आगामी असार ९ गते शनिबार समापन हुने छ । खेलमा विजयी समूहले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार