वरिष्ठ पर्यटन व्यवसायी कार्कीद्वारा एकताको अध्ययनमा एक लाख बढि आर्थिक सहयोग

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी प्रकाशसिं कार्कीले स्वास्थ्य क्षेत्रमा अध्ययनरत एक छात्रालाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । कार्कीले बाबुआमा नभएकी सोलुखुम्बु महाकुलुङ गाउँपालिकाकी स्वास्थ्य क्षेत्रमा अध्ययनरत एकता कुलुङलाई एक लाख तीन हजारको चेह हस्तान्तरण गर्नुभएको हो । ‘बैनीले राम्रो अध्ययन गरे वार्षिक रुपमा आर्थिक सहयोग गर्नेछु।’ उहाँले भन्नुभयो । ‘यसरी सहयोग गर्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ ।’
पर्यटन व्यवसायी समेत रहनुभएका कार्कीले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारसंगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारकर्मीलाई अनुरोध गर्नुभयो ।
नेपाल कार्गो व्यवसायी संघका केन्द्रीय अध्यक्ष समेत रहनुभएका कार्कीले पर्यटन क्षेत्रको विकासले स्थानीय आम्दानी मात्र नभई पूर्वाधार विकास तथा स्वरोजगारमा बृद्धि हुने भएकाले युवालाई विदेशिन बाट रोक्न सकिने बताउनुभयो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सोलुखुम्बुका अधिकांस सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार