खोटाङमा ७ सय ७९ परिवार भूमिहिन

दिक्तेल, १६ फागुन÷ खोटाङ जिल्लामा ७ सय ७९ परिवारलाई भुमि व्यवस्था गर्नुपर्ने भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले मंगलबार पत्रकार सम्मेलनमा लिष्ट सार्वजनिक गर्दै खोटाङमा तीन प्रकारको भुमिहिन रहेको जनाएको छ ।

जिल्लाको १० वटै स्थानीय तहमा पुगेर संकलन गरिएको निवेदनका आधारमा आयोगले तथ्यांक सार्वजनिक गरेको हो । प्रत्येक स्थानीय तहमा सेवाकेन्द स्थापना गरेर आएको निवेदन तथा सिफारिसको आधारमा संख्या एकिन गरिएको हो । केही निवेदनहरु आवश्यक प्रकृया नपुगेकाले सच्याउन आवश्यक रहेकाले ती निवेदनहरु आउने क्रममा रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

मंगलबार सार्वजनिक गरिएको लिष्टका आधारमा सबै भन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भुमिहिन परिवार पाईएको छ । भने सबै भन्दा कम भुमिहिन ऐसेलुखर्क गाउँपालिकामा रहका छन् ।

जिल्लामा भूमिहिन सुकुम्बासी १४९ परिवार, भूमिहिन दलित ५० परिवार र अव्यवस्थित वसोवास गरिरहका ५८० परिवारलाई व्यवस्थापन गर्नुपर्ने देखिएको छ । हाल सम्म प्राप्त निवेदनका आधारमा सबै भन्दा बढी २६७ परिवार भूमिहिन रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेको छ भने सबै भन्दा ऐसेलखर्क गाउँपालिकामा १० परिवारमात्र रहेको छ ।

यसैगरी हलेसि तुवाचुङ नगरपालिकामा १६२ परिवार, खोटेहाङ गाउँपालिकामा २४ परिवार, केपिलासगढी गाउँपालिकामा १२ परिवार, जन्तेढुँगा गाउँपालिकामा ४६ परिवार, बाराहा पोखरी गाउँपालिकामा ५५परिवार, रावावेसी गाउँपालिकामा ५७ परिवार, दिपूङचुईचुम्मा गाउँपालिकामा ७२ परिवार र साकेला गाउँपालिकामा ७४ परिवारको निवेदन भूमि आयोग जिल्ला समितिमा आईसकेको छ ।

प्राप्त निवेदनको आधारमा आवश्यक प्रक्रिया अगाडि बढाईएको र उनिहरुलाई व्यवस्थापन गर्न अब पहल गरिने भुूमि आयोगका जिल्ला संयोजक सुरेश राईले बताउनु भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आथित्यतामा भएको पत्रकार सम्मेलनमा भूमि आयोग जिल्ला समितिका सदस्यहरु तथा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधीहरुको समेत उपस्थितिमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार