साना सिंचाइ कार्यक्रम अन्तरगत योजनालाई निर्माण पुर्व तालिम आयोजना

पुस २८ विहिबार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र संचालन हुनलागेको साना सिँचाई कार्यक्रम अन्र्तगतको ६ वटा योजनाको निर्माण पूर्व तालिम दिक्तेलमा शुरु भएको छ । आर्थिक बर्ष २०७९÷८० मा संचालन हुने आयोजनाको उपभोक्ता समितिका पदाधिकारीलाई तालिमको आयोजना गरिएको हो ।
दुई दिन सम्म चल्ने तालिमा जल उपभोक्ता समितिहरुलाई संस्थागत विकास एवंम् निमार्ण व्यवस्थापन तथा गुणस्तर नियन्त्रणका विषयमा तालिम दिन शुरु गरिएको हो । उपभोक्ता समितिलाई साना साना कागजात नपुगेर, प्रकृयाहरु थाहा नभएर भुक्तानी लिन समस्या हुन सक्ने भएकाले सो विषयमा जानकार बनाउन तालिमले सहयोग पु¥याउने साना सिंचाइ कार्यक्रमका संयोजक रमा मगरले जानकारी दिनु भयो ।

तालिमको उद्घाटन सत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उप प्रमुख विसन राईले उपभोक्ता समितिहरुलाई इमान्दारी र पारदर्शिताका साथ गुणस्तरीय काम गर्न सुझाव दिनुभएको छ । उहाँले विकास निर्माणलाई दिगो र भरसिलो बनाउन सबै क्षेत्रले भुमिका खेल्नु पर्ने बताउनु भयो ।

यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सार्कि खोला मुहान सिंचाइ योजना, मान्केथान सिंचाइ योजना, खुदुखु खोला सिंचाइ योजना, दम्दे चिच्लेडाडाँ कुलो सिंचाई योजना, वगुवा दोभान सिंचाई योजना, मांन्केथान कुलो निमार्ण सिंचाई योजना संचालन हुने छन् । प्रत्येक जल उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य गरी जम्मा २२ जनाको सहभागीतामा तालिम संचालन गरिएको शुक्रबार सम्म संचालन हुने छ ।
तालिमको सहजिकरण दि.रु.न.पा.ा को लेखा अधिकृत राजकुमार राई, साना सिंचाइ कार्यक्रमका संयोजक रमा मगर, सिंचाइ इन्जिनियर कैलास चौधरी, प्राविधिक देवराज मिश्रले गर्नु भएको थियो ।

नगरपालिकामा जम्मा ३ करोड २६ लाख ३८ हजार ९ सय ५४ रुपैयाको लागतमा योजना निर्माण हुुने छ । यी योजनाहरुमा संघिय सरकारबाट २० प्रतिशत, प्रदेश सरकारबाट २० प्रतिशत, स्थानिय सरकारबाट २० प्रतिशत, स्वीस सरकारबाट ३० प्रतिशत र उपभोक्ताहरुको १० प्रतिशत लागत सहभागीतामा निर्माण कार्य हुने साना सिंचाइका क्लष्टर संयोजक रमा मगरले वताउनु भयो ।

साना सिँचाई कार्यक्रम अन्र्तगत जिल्लामा जम्मा ६२ वटा योजनाहरु संचालन हुने छ । ४१ करोड ४९ लाख ५ हजार ५९२ रुपैयाको लागतमा निर्माण हुने छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार