उमेद्वारी फिर्ता नलिएपछि नेपाली कांग्रेसका धर्मराज पोख्रेललाई स्वतः कारबाही

खोटाङ, २६ असोज÷ आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका नेपाली कांग्रेसका धर्मराज पोख्रेल नेपाली कांग्रेसको कारबाहीमा परेका छन् । निर्वाचन कार्यक्रम अन्र्तगत असोज २६ गते दिनको १ बजे सम्म उम्मेदवारी फिर्ता नलिएपछि पोख्रेल स्वतः कांग्रेसबाट निलम्बित भएका हुन् ।

नेपाली कांग्रेसले सार्वजननिक गरेको निर्देशन अनुसार पार्टीको निर्णय बिना बाम लोकतान्त्रिक गठबन्धनको विरुद्धमा बागी उम्मेद्वारी फिर्ता लिन दिएको निर्देशन नमानेपछि उनी कारबाहीमा परेका छन् । नेपाली कांग्रेसको विधान अनुसार बागी उम्मेदवार दिएका र उनको प्रस्तावक तथा समर्थक बसेका समेतलाई आगामी पाँचबर्षका लागि साधरण सदस्य समेत नरहने गरी कारबाही हुने उल्लेख रहेको कांग्रेसका प्रदेश १ माहामन्त्री भुपेन्द्र राईले जानकारी दिनु भयो । ‘धर्मराज पोख्रेल आजबाट स्वतः कारबाहीमा पर्नु भयो’ राईले भन्नु भयो ‘अब उनि स्वतन्त्र हुन कांग्रेस होईनन् ।’

यसैगरी बाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दर्ता गरेका प्रतिनिधी सभाको उम्मेद्वार सर्वधन राई र प्रदेश (क) का उम्मेदवार सुवास पोख्रेलले मनोनयन फिर्ता लिएर बाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेका छन् । यस अघि नेपाली कांग्रेसले २५ गते नै एक विज्ञप्ती जारी गर्दै बागी उमेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता नगरे स्वतः कारबाही हुने जनाएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार