जनसाँस्कृतिक महासंघ नेपाल खोटाङमा तेजना सैँजु चौथोअंग

जनसांस्कृतिक महासंघ नेपाल

चौथोअंग
खोटाङ, १५ बैसाख । जनसांस्कृतिक महासंघ नेपालको दोस्रो एतिहासिक जिल्ला भेलाले कवि तथा साहित्यकार तेजना सैँजुकाु संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिको गठन गरेको छ । बुधबार जिल्ला सदरमुकाम दिक्तेलमा बुधबार भएको भेलाले कवि तथा समालोचक नाकारालाई सहसंयोजक र जीवन ज्वालालाई सचिवको जिम्मेवारी दिएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा खोटाङ पार्टीका सहइन्चार्ज दुर्गाजयन्ती राईको प्रमुख आथित्यमा भएको जिल्ला भेलाले प्रत्येक पालिकाबाट प्रतिनिधीत्व हुनेगरी समिति गठन गरेको छ । जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बम बानियाको उपस्थितिमा भएको भेलाले ११ सदस्यीय जिल्ला सचिवालय समितिको समेत गठन गरेको हो । सचिवालय समितिमा संयोजक तेजना सैँजु, सह संयोजक नाकारा, सचिव जीवन ज्वाला सदस्य सीता थुलुङ, भिमसेना राई, प्रदिप माईला, अनिसा रम्तेल, अमर श्रेष्ठ, कान्ति श्रेष्ठ, चित्र सुवेदी, नविन राई, हिरालाल राई र इन्द्र नाराथुङ्गे रहेका छन् ।
यसैगरी नौ सदस्यीय सल्लाहाकार समितिमा हेम राई, वेदी राई, झमप्रसाद आचार्य, रामविक्रम थापा, डिवि राई, नुरकाजी सैँजु, गंगा राई, नरेन्द्र निर्विकार र एमसि सुमित रहेका छन् । सम्मेलन आयोजक समितिले प्रत्येक गाउँपालिकामा गएर संगठन विस्तार गर्दै विषयगत जनसंगठनहरुको समेत निर्माण गर्ने निर्णय गरेको जनसांस्कृतिक महासंघका जिल्ला इन्चार्ज बम बानियाँले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार