प्रकाशले ल्याए ‘हजुरबा’

चौथोअंग

खोटाङ, २७ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ प्रकाश आर्चाय ‘भावुक’ (प्रभा) ले आफ्नो हजुरबाको सम्झनामा एक शोक काव्य ल्याएका छन् । ‘भावुक’का हजुर बुवा बोलप्रसाद आचार्यको सम्झनामा लेखिएको शोक काव्यको दिक्तेल बजारमा बिहिबार लोर्कापण गरिएको हो ।

साहित्यकार विष्णु आभुषणको प्रमुख आथित्यमा भएको लोर्कापण कार्यक्रममा विभिन्न साहित्यीक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विशेष अथिति रहेका साहित्यकार तथा कवि टंक भट्टराईले शोककाव्यको काव्यिक रसका बारेमा बोलेका थिए । यस्तै विशेष अथिति प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले आफ्नो व्यक्तिगत अवस्था र पुर्खाले गरेको उल्लेख्य कामको बारेमा चर्चा गरेका थिए ।
अग्रज पत्रकार कृष्ण आचार्यले पत्रकारीताको आँखाबाट शोक काव्यलाई नियाल्नुका साथै आफ्नै वंशजबाट गरिएको पुण्यकामको तारिफ गरेका थिए । बुवा अविनारायण आचार्य र आमा कुमारी आचार्यको छोरा प्रकाश हाल निजामती कर्मचारी रहेका छन् ।

नेपाली सेना दिवसको अवसरमा लोर्कापण गरिएको शोक काव्यका लेखक भावुकले २०७७ सालमा नोपली सेनाद्धारा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट कविताको पुरस्कार सम्म हात पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार