माया चाम्लिङले ल्याईन साकेला गीत (भिडियो सहित)

साकेला उधौलीको छेका पारेर गीतकार माया चाम्लिङको साकेला गीत बजारमा आएको छ । संगीतकार अनिल कोयीको संगीतमा तयार पारिएको साकेला गीतको भिडियो बजारमा सार्वजनिक भएको हो ।

किराती समुदायको पर्व साकेलाको अवसरमा गाईने भाकामा आधारित रहेको ‘सुम्निमा पारुहाङ’ बोलको गीतको म्युजिक भिडियोको निर्देशन समेत अनिल कोयीले गरेका छन् । गायीका मेलिना राई र परेश राईको स्वरमा रहेको गीतमा उमेश राई (फुलन्देकी आमा), सारा राई, सिता राई र हिरण राई लगायतले अभिनय गरेका छन् ।

स्टुडियो किङ्समा रेर्कड गरिएको गीतको संगीत संयोजना राजु कार्कीले गरेका छन् । कमल राईले कोरियोग्राफी गरेको म्युजिक भिडियो अनिल कोयी अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याईएको हो ।

भिडियो हेर्न…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार