खोटाङमा पहिलो पटक बाक्सिलामा गोरु जुधाई प्रतियोगिता, ऐसेलुखर्कको गोरु विजेता (फोटो फिचर सहित)

माघ, ४ बुधबार । जिल्लाकै पहिलो गोरु जुधाई प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका ४ पातेलको डुके गोरो विजेता बनेको छ । स्थानीय तोरण बस्नेतले पालेको डुके गोरुले केपिलासगढी ६ दिप्सुङको अर्को डुके गोरुलाई हराउँदै विजेत बनेको हो ।

दिप्सुङका रिमल राईले पालेको डुकेले भने निकै लामो प्रयासपछि उपविजेतामा चित्त बुझाउनु परेको छ । भने प्रतियोगितामा केपिलासगढी ४ साक्सीलाका उमेश बस्नेतको तारे गोरुले तेस्रो पुरस्कार जितेको छ ।

केपिलासगढी गाउँपालिकामा कृषि तथा खेल पर्यटनको प्रवद्र्धन गर्नका लागि गोरु जुधाई प्रतियोगिता संचालन गरिएको स्थानीय शिवकुमार राईले जानकारी दिनु भयो । केपिलासगढी गाउँपालिकाका कार्यलय सहयोगी आर सि वि.क. र स्थानीय एम्बुलेन्स चालक पासा गुरुङको प्रायोजनमा भएको प्रतियोगितमा विजेता हुने गोरुका धनिले २० हजार रुपैया नगद पुरस्कार पाउने छन् । भने क्रमश दोस्रो हुनेले १० हजार रुपैयार तेस्रो हुने गोरुका धनिले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने राईले जानकारी दिनु भयो ।

गोरु जुधाई प्रतियोगिता मेलाको रुपमा पश्चिम नेपालमा हुँदै आएको छ । नुवाकोट जिल्लाको तारुकामा प्रत्येक महिनाको माघ १ गते गोरु जुधाउने मेला नै चल्दै आएको भएपनि पूर्वमा भने यो पहिलो पटक हो । किंवदन्तीका अनुसार बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको भनाई रहेको छ ।

सिंह विसं १९७८ सालमा नुवाकोटको तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाबाट सर्बसाधारण आउने गर्दछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार