फेमली कियर अस्पताल खाेटाङमा अत्याधुनिक उपकरणले उपचार

#फेमली कियर अस्पताल

चाैथाेअंग
खोटाङ, १७ जेठ । दिक्तेल बजारमा हालै खुलेको फेमली कियर अस्पतालले अत्यनधुनिक उपकरणको प्रयोग सँगै आफ्नो सेवालाई व्यापक बनाएको छ । काठमाडौँ स्थीत टिचिङ अस्पतालबाट आएका वरिष्ठ फेमली फिजिसियन डाक्टरद्धारा अस्पतालमा उपचार सेवा प्रदान गर्न थालिएको हो ।
फेमली अस्पतालले दैनिक छाती, मुटु, पेट, मृगौला रोगको परिक्षण गर्नुका साथै गर्भवती महिलाको परिक्षण, मानसिक सन्तुलन (पागलपन) सम्बन्धि परिक्षणको काम भईरहेको अस्पतालका वरिष्ठ फेमली फिजिसियन डाक्टर सुरेन्द्र शाक्यले जानकारी दिनुभयो । यस्तै निकट भविष्यमै प्रसुती, पेट र हाट जोर्नीको मेजर अप्रेशन समेत गरिने उनले जानकारी उहाँले बताउनु भएको छ ।
काठमाडौंको ललितपुर ठेँचोमा रहेको ५० शैयाको अस्पताललाई खोटाङ जिल्लामा स्थानन्तरण गरिएको सुनाउँदै अस्पतालका निर्देशक विनोद पौडेलले अन्य सुविधा सम्पन्न ठाउँहरुमा दिईने स्तरकै सेवा सुविधा उपलब्ध गराउन अस्पताल सारीएको बताउनु भयो । अस्पतालमा हाल रगत, दिशा, पिसाव, ईसिजीको अत्याधुनिक उपकरणबाट परिक्षण गरिने ल्याव रहेको छ । यस्तै एक्स-रे, भिडियो एक्सरे गर्ने अत्याधुनिक उपकरण समेत अस्पतालमा रहेको छ ।
दिक्तेल बजारको किरात चोक नजिकै अस्पतालको ओपिडि कक्षको रुपमा सेवा सुचारु गरिएको हो । यो सँगै निकट भविष्यमै सदरमुकाम भन्दा माथी मुडेडाँडा नजिक अस्पतालको सम्पुणर् सेवाहरु संचालन गर्ने तयारी रहेको अस्पतालका अभियान्ता नविन राईले जानकारी दिनुभयो । काठमाडौँमा चलिरहेको अस्पताललाई खोटाङ लगायत पूर्वि पहाडि जिल्लामा सार्न निकै चुनौती पुणर् रहेको भएपनि सर्वसाधरणको सुविधाकालागि जोखिम मोलेर कामा अगाडि बढाईएको उनको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार