दिक्तेल रुपाकोट मझुवागढि नगरका मेयरलाई खुल्ला पत्र

काेराेना कहर

विषय: ध्यानाकर्षण
मेयर साप यो बेला कोरोनाको महामारीले आतंकित भइरहेको बेलामा गाँउ थप असुरक्षित भएको जानकारी गराउँदै सुरक्षाको प्रत्याभुति दिलाउन अनुरोध गर्दछु।
तपाईंले संचार माध्यममा बारम्बार होम क्वारेन्टाइनको कुरा गर्नुभएको हामी सुन्छौँ तर यहाँ ( 11नम्बर वडा खार्मीमा) ठूला शहरबाट, अन्य जील्ला तथा पालिकाहरूबाट प्रसस्त मानिसहरू भित्रीरहेका छ्न र ती मानिसहरू गाँउमा आईपुगे लगत्तै विना रोकतोक मलामी, मृत्युका अन्तिम संस्कार , पुजाआजा, गाँउटोलमा हिँडडुल गरिरहेका छन्। तपाईंले बन्द गरेका छौँ भन्नुभएको देवी ( पाठी) पूजा बिना सुरक्षा गरिरहेका छन्, । यी सब कृयाकलापहरू गर्नुहुन्न भन्दा हामी जस्तो सर्वसाधरण उल्टै तिरस्कृत हुँन्छौँ, तसर्थ यहाँ दिर्घरोगी , बालबालिका, बृद्ध, बृद्धाहरुको ज्यान जोखिममा पर्दै गएको छ।
त्यस कारण मेयर साप तपाईंहरूले बारम्बार भन्नुहने जनताको सुरक्षाको प्रत्याभूति र संक्रामक रोक नियंत्रण ऐन अन्तर्गको सजाय खोई? कति जनालाई कारबाही गर्नुभयो अहीले सम्म? बजारमा प्रहरी परिचालन गरिए जस्तै गाँउमा पनि प्रहरी परिचालन गरि सरकारको निशेधआज्ञा उल्लंघन गर्नेहरु माथी निगरानी बढाउनूस, होमक्वारेनटाईन उल्लंघन गर्नेहरुलाई तपाईंले( नगर) ब्याबस्था गर्नु भएको आइसोलेसन लानु भयो भने मानीसहरू सचेत भै थोरै भए पनि सुरक्षाको महसूस गर्न पाउने थियो कि?
अर्को तर्फ यो महामारीले गर्दा भएको बन्दाबन्दीको कारण आर्थिक कृयाकलाप प्राय थप्प जस्तै छ तर यहिँ बेला हरेक सामानको मुल्य आकाशिएको छ , खै तपाईंले काला बजारी गर्ने माथी निगरानी गर्नु भएको? एउटै मात्र उदाहरण तपाईं सामू राखौँ कि 1बर्ष अगाडि रू 1300 मा पाइने खाने तेलको मूल्य रू 3000/3200 पुगेको छ। अब कल्पना गर्नुहोस् बिना आयस्रोत मानिसहरुको घरमा आगो कसरी बल्दै होला? बन्दाबन्दी हूने साथ चामल प्रती बोरामा झन्डै रू 500 बडेको छ, कोरोनाबाट बाँच्न बारम्बार साबुनपानीले हात धुनु भनिन्छ तर त्यँही साबुन प्रती डल्ला रू 10 सम्म भाउ बढेको छ अनि कसरी बारम्बार साबुनपानीले हात धुने?
तसर्थ म सर्बसाधारण नागरिकको हैसियतले तपाईंको यी माथी उल्लेखित विषयहरुमा ध्यानाकर्षण होस भन्ने अनुरोध गर्दछु। यसो भन्दै गर्दा नागरिकको पनि कर्तब्य हून्छ नि तपाईंले भन्नुहुन्छ होला तर सचेत र समजदारि मानिसलाइ हामी जस्तो सर्बसाधारण मानिसले भन्दा हुने भए पनि असमजदारि, घमन्डी , जिउछाड़ाहरुको लागि हाम्रो केही सिप लाग्दैन त्यसैले हो चाहिएको सरकार, प्रहरी, प्रशासन जनप्रतिनीधि। यतापट्टी पनि ध्यान पुगाेस् ।  –दिपक कुमार तामाङ
दिरुम न.पा. ११ खार्मि, खाेटाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार