गायक नन्दु राई र गायीका शिला राईको आवाजमा किराती पर्व जनाउने साकेला गीत ‘ढोल झ्याम्टा बज्यो’ सार्वजनिक भएको छ । सुम्निमा र पारुहाङको नाउमा सर्मपित साकेला गीतको शब्द नन्दु राईले लेखेका हुन् ।
किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेर्कडिङ सुरेश राईले गरेका छन् भने संगीत समेत नन्दु राईले गरेका छन् । गीतको संगीत संयोजन, मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
लिरिकल भिडियोको रुपमा बजारमा ल्याईएको गीतलाई नन्दु राई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गायक नन्दु र गायीका शिला राईले यस अघिपनि धेरैवटा गीतहरुमा आवाजमा शेयरीङ गरि सकेका छन् ।
भिडियो हेर्न तल जानुहोस…