– भिम राई(माक्पाली कान्छा)
घरदेशमा हाेस या परदेशमा
गाउँमा हाेस वा शहरमा
समुहमा हाेस कि परिवारमा
पुँजीवादकाे स्वर ठुलाे हुन्छ
ठुलाले सानालाई
शक्तिशालीले कमजाेरलाई
बलवानले लुतेलाङ्ग्रेलाई
बाठाले लाटाेलाई
हेपे जस्तै
हेपि रहन्छ
पुँजीवाद
अमेरिका हाेस या चिन
बेलायत हाेस या भारत
जापान हाेस कि रुस
उनिहरुकै मुलुकमा पनि
बाँचि रहन्छ
पुँजीवाद
मालिकले कामदारलाई
ठेकदारले मजदुरलाई
धनिले गरिबलाई
गरिबले कंगाललाई
हप्काई रहने
शक्ति स्राेत हाे
पुँजीवाद
शहरकाले गाउँकालाई
घरधनिले भाडावाललाई
कारवालाले साईकलवालालाई
साईकलवालाले बटुवालाई
थर्काई रहने
हिम्मतकाे जग हाे
पुँजीवाद
प्रशासन चलाउन सक्छ
न्यायलय बदलाउन सक्छ
मानवअधिकार उल्टाउन सक्छ
कसुर दार उम्काउन सक्छ
सबका सब चट पार्ने
मुलगेटकाे चाँबी हाे
पुँजीवाद
ईमान बेचेर बेईमानी किन्छ
चाेरलाई चाैतारी बनाएर
साधुलाई सुलीमा चढाउँछ
यथार्थमा सबैलाई दास सम्झने
सुविचारित कुविचारकाे मुहान हाे
पुँजीवाद
हाे,
यसैले
विदेशमा
देशमा
शहरमा
गाउँमा
घरमा
पुँजीवादकाे स्वर ठुलाे हुन्छ।









