जनबुहुमुखी आवि जन्तेढुङ्गा ५ घोर्लेमा १ लाख ११ हजार १ सय १ रुपैयाँको अक्षयकोष


बुधबार ९ पुस । जनबहुमुखी आधारभुत विद्यालय जन्तेढुँगा ५ घोर्लेमा ४ कोठे विद्यालय भवनको उद्घाटनसँगै अक्षयकोषको स्थापना भएको छ । गाउँपालिका अध्यक्ष अरुणादेव राईले एक समारोहकाबिच बुधबार विद्यालय भवनको उद्घाटन गर्नु भएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालयलाई प्राप्त १८ लाख रुपयाँ र जन्तेढुँगा गाउँ पालिका वडा नम्बर ५ को वडाबाट दुईलाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि जग्गा सम्याउन जन्तेढुँगा गाउँपालिकाले तीन लाख रुपैया बराबर सहयोग गरेको विद्यालयका प्रधानाध्यापक जुनिता राईले जानकारी दिनु भएको छ ।

बिद्यालयलाई स्थानीय जग्गा दाताहरु स्वा. मान दत्त राई र बसुनि माया राईको परिवारले १ रोपनी र स्व. छत्र बहादुर राईको परिवारले २ रोपनी जग्गाा निशुल्क उपलब्ध गराउनु भएको थियो । जग्गा दाताहरुलाई गाउँपालिका अध्यक्ष अरुणादेवि राई र उपाध्याक्ष खेमबहादुर खड्काले दोसल्ला ओडाएर सम्मान गर्नु भएको छ ।

कार्यक्रममा 2RGR–B COY 6PL UK द्वारा   विद्यालयका लागि स्थानीय समाजसेवि युवा हाल युकेमा कार्ययत CSGT  विशाल राईको विषेश संयोजनामा १५ सेट न्यानो कपडा र एक थान डेस्कटप कम्पयुटर विद्यालयलाई हस्तारण गरिएको छ । दाताहरुको सौजन्यमा प्राप्त न्यानो कपडा विद्यार्थीहरुलाई वितरण गरिएको छ ।

यस्तै विद्यालयको चौतर्फी विकासका लागि स्थानीय शिव प्रसाद राई र ललित कुमारी राईको नाममा उहाँका परिवारले एकलाख, एघारहजार एकसय एकरुपैया (१,११,१११।००) को अक्षयकोष स्थापना गरिदिएका छन् । छोरा रमेश राई र बुहारी श्री सुनिता थापा राईले सो अक्षयकोष स्थापना गर्नु भएको हो । अक्षयकोष दाताहरुलाई पनि गाउपालिका अध्यक्ष श्री अरुणा देवी राई लगायत विशेष अतिथिहरुले दोसल्ला ओढाई सम्मान गर्नु भएको छ ।

यसैगरी विद्यालयको भवन उद्घाटनको अवसरमा युवा समाजसेवी दिप्सन राईले विद्यालयलाई १५ थान न्यानो टोपि तथा मोजा र अभिभावक श्री प्रकास राईले छात्रा छात्रहरुलाई ४५ सेट डटपेन तथा कपि बितरण गर्नु भएको छ ।

जन्तेढुङ्गा गाउपालिकाका अध्यक्ष अरुणा देवी राइले साना साना विद्यार्थीहरु देशको भविष्यका कर्णधार रहेको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका राईले बालबालिकाहरुकोलागी गाउपालिकाले आगामि दिन सक्दो सहयोग गर्ने प्रति बद्धता व्याक्त गर्नु भयो । कार्यक्रमका विशेष अतिथि रहनु भएका उपाध्यक्ष श्री खेम बहादुर खडकाले शिक्षाको गुणस्तरमा अभिवाक सचेत हुने पर्ने धारणा ब्याक्त गर्नु भयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाई तथा वडा न ५ का वडाध्यक्ष धन बहादुर राई तथा शिक्षा शाखा प्रमुख श्री चक्र बहादुर कार्कीले विद्यालयलाई शुभकामना व्यक्त गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममो कार्यक्रममा अतिथिहरुलाई साकेला नृत्यबाट स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार