
खोटेहाङ गाउँपालिका वडा नम्बर ८ सिम्पानी बर्रे स्थित कृष्ण माध्यामिक विद्यालयका नया शैक्षिक शत्रमा आउनु भएका विद्यार्थीहरुलाई नया लुगा वितरण गरिएको छ । शैक्षिक शत्र २०८२ ÷०८३ मा आएका विभिन्न कक्षाका १२ जना विद्यार्थीहरुलाई स्थानीय युवा समाजसेवि राजेश प्रधानले उनिहरुलाई विद्यालयको ट्रयाकशुट वितरण गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक श्यामकुमार प्रधान तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास राईको उपस्थितिमा ट्रयाकशुट वितरण गरिएको हो । विद्यालयमा यस बर्षमात्र अधययनकालागि आएका कक्षा १ देखि ८ सम्मका नया विद्यार्थीहरुलाई जम्मा १४ हजार चारसय बराबरको ट्रयाकशुट वितरण गरिएको जनाईएको छ ।
विद्यालयको शिक्षक अभिभावक संघ, स्थानीय अभिभावकहरुको समेत उपस्थितिमा भएको एक कार्यक्रमका बिच पोशाक वितरण गरिएको छ । विद्यालयको लोगो सहितको ट्रयाकशुट कतिपय विद्यार्थीहरुले खरिद गर्न नसक्ने अवस्था देखिएकाले आफुले खरिद गरी हस्तान्तरण गरेको युवा समाजसेवि राजेश प्रधानले बताएका छन् ।







