खोटाङ । दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङले जनयुद्धका शहिद दिलकाजी कार्की र इन्दिरा कार्कीको २३ औँ स्मृतिमा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । दशबर्ष लामो शसस्त्र जनयुद्धका क्रममा शहिद हुनु भएको कार्कीद्धयको स्मृतिमा जिल्ला अस्पताल खोटाङमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीको पूर्वी ब्युरो सदस्य तथा खोटाङ जिल्ला सेक्रेटरी रहेका दिलकाजी कार्की र इन्दिरा कार्कीलाई खोटाङ सिम्पानी बाट सेनाले गिरफ्तार गरि हत्या गरेको थियो । अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला सदस्य तथा पार्टी एसिएम इन्दिरा कार्की दिलकाजीको सहयोद्धा तथा जीवनसाथीं रहनु भएको थियो ।
फलफुल वितरण कार्यक्रममा शहिद परिवारका सदस्य, नेकपा (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेश राईका अनुसार जिल्ला अस्पतालमा रहेका १५ जना विरामीलाई फलफुल वितरण गरिएको छ ।
दिलकाजी कार्की र इन्दिरा कार्कीलाई २०५९ साल असार ३१ गते खोटाङको सिम्पानीमा पार्टी संगठनको काममा जुटिरहेको बेला तत्कालिन शाही सेनाले कब्जागरी नजिकै टुवाखोलामा लगेर उहाँहरुको हत्या गरेको थियो । उहाँहरु सँगै रहेका दिपक पाण्डे आकाशले भने उक्त दिन भागेर बाँचेका थिए ।
हाल नेकपा (माओवादी केन्द्र) खोटाङका जिल्ला संयोजक रहेका पाण्डेका अनुसार उहाँहरु अघिल्लो दिन खोटाङ बजारको कार्यक्रम पछि सिम्पानीमा कार्ययोजना निर्माणमा जुटेका बेला स्थानीय हरिबहादुर थापाको घरमा सेनाको घेरामा परेका थिए ।
शहिद दिलकाजी कार्की ‘अर्जुन’ को संक्षिप्त जीवनी
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका ९ (तत्कालीन निर्मलीडा ७ ) निवासी बुवा नरबहादुर कार्की र आमा जयन्तादेवी कार्कीका दश छोरी र चार छोरामध्ये साइलो छोरा दिलकाजी कार्की २०२३ साल साउन ३१ गतेका दिन जन्मनु भएको थियो । बुवा निजामती सेवामा कार्यरत हुनु भएको हुनाले पारिवारिक वातावरण सहज थियो । बाल्यकाल सहज तरिकाले बित्यो । बाल्यकालदेखि नै जिज्ञासु र विद्रोही स्वभावका कार्की समाजमा भएका अन्याय र असमानताको अन्त्य हुनु पर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो । त्यही मान्यताले गर्दा मनोकामना जनकल्याण मावि पढ्दै गर्दा अन्याय र असमानताको अन्त्य गर्ने लक्ष्य सहित अखिल छैटौंको प्राक सचिव हुनु भयो । पञ्चायती तानाशाहको बर्बर दमनको विरुद्ध संघर्ष गर्दै जानु भयो । निमाविको पढाई सकेर सरस्वती मावि दिक्तेलबाट एसएलसी पास गर्नु भयो । २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै २०४५ देखि ४७ सालसम्म महेन्द्रोदय प्रावि निर्मलीडाडामा शिक्षण गर्दै दिक्तेल बहुमुखी क्याम्पसबाट आइए उतीर्ण गरी २०४८ सालमा काठमाडौंको आरआर क्याम्पसमा बिए अध्ययनरत रहदा अखिल छैटौंको इकाई सचिव भएर कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै राजनीतिमा सक्रियताका साथ लाग्नु भयो ।
खोटाङ जिल्ला तत्कालीन चिउरीडा ७ निवासी बुवा केशरबहादुर थापा र आमा नरमाया थापाका तीन छोरा र तीन छोरीमध्ये जेठी सन्तानका रुपमा मिति २०३० चैत १५ गते जन्मिनु भएकी इन्दिरा थापासंग २०४९ सालमा संस्कार अनुसार विवाह गर्नु भयो । तत्कालीन कांग्रेसी सरकारले सर्वसाधारण जनता र कम्युनिष्ट भएकै भरमा गरिएको ज्याजतीको विरुद्ध संघर्ष गर्न काठमाडौंको पढाई र पारिवारिक जीवनलाई परराखेर संयुक्त जनमोर्चाको नेतृत्व गर्दै आन्दोलनमा होमिनु भयो ।
राजनीतिक जीवनमा जीवन संगीनी इन्दिरा थापाले सक्दो साथ सहयोग गरिनै रहनु भयो । २०५१ सालमा तत्कालीन संयुक्त जनमोर्चाको जिल्ला अध्यक्ष भई जनयुद्धको तयारी गर्न सक्रियताका साथ लाग्दै २०५२ साल फागुन १ बाट जनयुद्ध सुरु हुदा बाबु घिसिङको नेतृत्वमा रहेको जिल्ला समितिमा रहदै दुई छोरी र श्रीमतीलाई घरमा छोड्दै भूमिगत राजनीति सुरु गर्नु भयो । २०५४ सालमा पूर्वी ब्युरो क उपब्युरोका सदस्य हुनु भयो । २०५५ पुस २७ गते खोटाङका जनयुद्ध सुरु गर्दाका नेता ठूलकुमार श्रेष्ठको उदयपुरको तावाश्रीमा तत्कालीन सरकारपक्षले हत्या ग¥यो । त्यसपछि अन्य सहयोद्धा साथीहरुको पनि कार्यक्षेत्र अन्यत्र सरुवा भयो । यो अवस्थामा कार्कीको नेतृत्वमा खोटाङको जनयुद्ध दिन दुगुना रात चौगुना बढ्दै सामन्तहरुको छातीमा परेड खेल्न छाडन् भएन । २०५८ सालको सुरुवात संगै पूर्वी ब्युरो सदस्य र खोटाङ जिल्ला सेक्रेटरी भएर भूमिका निर्वाह गरिनै रहनु भयो ।
२०५८ साल मङ्सिरको पहिलो साता तत्कालीन सरकारसंग भएको वार्ता विफल र सोलुको सल्लेरी, दाङको घोराही लगायतका ठाउँहरुमा जनमुक्ति सेनाले कब्जा गरेपछि २०५८ मङ्सिर ११ गतेबाट जनयुद्ध दबाउन संकटकाल घोषणा भयो । संकटकाल लगाएपछि कार्कीको परिवारमा राज्यले धरपकट ग¥यो । दाइ, श्रीमती, दिदीबहिनी, भतिज, भेनाजु, भान्जा लगायतलाई पक्राउ गरी हिरासतमा राखेर तारेखमा छाडियो । श्रीमतीलाई गृहणीको काम गरिरहेको अवस्थामा घरबाटै पक्राउ गरी एक हप्ता हिरासतमा राखी विभिन्न दुःख दिइयो । धरपकड बन्द नभएपछि इन्दिरा कार्की पनि दुई छोरी र तीन वर्षीय छोरालाई हजुर आमाको साथमा छोडी भूमिगत राजनीति सुरु गर्नु भयो । पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै जानु भयो । छोटो अवधिमा अनेमसंघ क्रान्तिकारीको जिल्ला सदस्य र पार्टीको एरियो सदस्य रहेर काम गर्नु भयो । २०५९ साल असार ३१ गतेका दिन खोटाङ बजारको कार्यक्रम सकेर सिम्पानी बजारस्थित हरिबहादुर थापाको पसलमा पार्टीका अन्य दुई जना सहित चार जना बसिरहेको अवस्थामा दिलकाजी र इन्दिरा दुबै जनालाई तत्कालीन शाही सेनाले गिरफ्तार गरी निर्मम यातना दिएर टुवाखोलामा लगि जेनेभा महासन्धिको उलङ्घन गर्दै गोली हानी हत्या गयो । दिलकाजीको समाज र राजनीतिक दर्शनलाई तरतम्य मिलाउन सक्ने क्षमताका अब्बल व्यक्ति भएकाले उनको कार्यकुशलतामा पनि त्यसको प्रभाव देखिन्थ्यो । मित्रशक्तिसम्म विरोधी शक्तिसम्मलाई राम्ररी उपयोग गर्न सक्ने उनको अब्बल क्षमता हो । यसले तत्कालीन जनयुद्धमा नयाँ उभार दिएको थियो । उहाँको बुझाई र व्यवहारले सबैको अभिभावक हुनु भएको थियो ।
दिलकाजी कार्की र इन्दिरा कार्कीको १७ औं स्मृति दिवस गत असार ३१ गते मनाइयो । यसरी नै हजारौ योद्धाहरुको स्मृति दिवस मनाइन्छ । फोटोमा माल्यणपन गरिन्छ । एक मिनेट मौनधारण गरिन्छ । यत्तिले मात्रै उहाँहरुप्रतिको सम्मान हुन सक्दैन । शहीदको सम्मान र सपना पूरा गर्न त्यही शहीदको रगतले सिंचित गरेर प्राप्त भएको सत्ता सञ्चालक नेतृत्वहरुले शहीदका बुवा, आमा तथा परिवारको व्यवस्थापन, छोरा, छोरीलाई उचित शिक्षा र शहीदले देखेका समृद्धि र समानताका सपना पूरा गर्ने बाटोमा लाग्नु आवश्यक छ । दिलकाजी र इन्दिरा कार्कीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँहरु लगायतका हजारौ शहीदहरुको सपना पूरा गर्न निरन्तर लागिरहनुु पर्ने छ ।
शहिद ईन्दिरा कार्की ‘हिमाली’
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं – ७ दोर्पा तत्कालिन चिउरीडाँडा गाविस निवासी बुवा केशर बहादुर थापा र आमा नरमाया थापाको जेठी सन्तानको रुपमा २०३० चैत्र १५ गते जन्मन भएकी इन्दिरा (थापा) कार्की शहिद दिलकाजी कार्कीको श्रीमती हुनुहुन्थ्यो । कक्षा ७ सम्म अध्ययन गर्नु भएकी इन्दरा काकीले पार्टीको एरिया समिति सदस्यको जिम्मेवारी लिनुु भएको थियो । २०४९ सालमा दिलकाजी कार्कीसँग विवाह भएपछि उहाँका १ छोरा र २ छोरी भएका थिए । जेठो छोरा प्रतिक कार्की हाल अधिवक्ताका रूपमा आफ्नो परिचय बनाउदै ‘शहिदका सन्ततिहरु’ संस्थापक हुुन । छोरी सावित्राको विवाह सम्पन्न भएको छ भने कान्छी छोरी भूमी आयोगमा कार्यरत हुनुहुन्छ । २०५८ मा संकटकाल लागू भएपछि ईन्दिरा कार्कीलाई तत्कालिन राज्य सत्ताले घरवाटै प्रक्राउ गरी एक हप्ता हिरासतमा राख्यो । २०५८ सालमै एक छोरा र २ छोरीलाई हजुरआमाको जिम्मामा छोडी उहाँ पार्टीको पूर्णकालिन हुनुु भयो । पार्टीको विभिन्न जिम्मेवारीका साग अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सदस्यको पनि जिम्मेवारीमा क्रियाशिल हुनुहुन्थ्यो । २०५९ साल असार ३१ गते उहाँहरु खोटाङ बजारको कार्यक्रम सकेर सिम्पानीमा बसिरहेको बेला तत्कालिन शाही सेनाले दिलकाजी कार्की र इन्दिरा कार्की दुवै जनलाई गिरिफ्तार गरि चरम यातना सहित टुवाखोलामा पुु¥याएर हत्या ग¥यो । दिलकाजी कार्की र शहिद इन्दिरा कार्कीले देश र जनताको मुुक्तिका खातिर सँगसँगै अमरत्व प्राप्तगरि शहिद हुनुु भयो ।