सत्र बर्ष शिक्षणमा विताएका लोकेन्द्र पोर्चुगलमा काम खोज्न पुुगेका छन् । खोटाङ जिल्लाको नुनथलामा पढाई रहेका उनि हालै वैदेशिक रोजगारको शिलसिलामा पोर्चुगल गएका हुन् । उनले १७ बर्ष पहिले हलेसी तुवाचुुङ नगरपालिकाको अर्खौलेबाट शिक्षण यात्रा शुरु गरेका थिए । ग्रेट भिजन बोर्डिङ स्कुलबाट शिक्षण शुरु गरेका उनि दिक्तेल बजारमा संचालन भएको गोल्डेन फ्युचर एण्ड ल्याङग्वेज सेन्टरमा २ बर्ष बिताएका थिए ।
सानै उमेरबाट शिक्षण पेसामा लागेका लोकन्द्रले केपिलासगढी गाउँपालिकाको सम्तेश्वर स्थित थर्पु माविमा ५ बर्ष बिताएका थिए । त्यहिबाट उनि खार्ताम्छा स्थित खार्ताम्छा आधारभुत विद्यालयमा ४ बर्ष पढाउन भ्याएका छन् । मासिक ३५ हजार रुपैयाँको तलब भत्ता पाउने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ मा खाम्लाको पञ्चकन्या आधारभुत विद्यालयको प्रधानाध्यापक समेत बनेका राईले पाँचबर्ष सोही विद्यालयको प्रधानाध्यापक समेत बनेका थिए ।
नेपाल लाईफ इन्स्योरेन्स जीवन बिमा कम्पनीको बरिस्ठ एजेन्सी मेनेजर समेत रहेका उनले ४÷५ बर्षको अवधिमा निकै जनाको विमा समेत गर्न भ्याएका थिए । दिक्तेल उपशाखा नेपाल लाईफ इन्स्योरेन्स अफिसमार्फत काम गरेका उनले नेपाल सरकारको तलब भत्ताले मात्र आफ्नो छोराछोरीको भबिश्य नथेग्ने भएकाले पार्चुगल जानु परेको सुनाउँदै आफ्नो भविष्य निर्माणका लागि आर्थिक समृद्धि गर्न जरुरी रहेको जनाए । उनले भने पोर्चुगल नै गइसकेपछि त्याहाको पिआर लिईसके पछि १८७ वटा देशमा बिना भिजा जान सकिने भएकाले अन्य गन्तव्य मुलुक सम्म जान पाईने भएकाले शिक्षण पेशा छोडेर गएको राईले बताएको छ्न ।