– भिम राई
जनयुद्ध त्यो ऐतिहासिक लडाई थियो जसले आजको शासन व्यवस्था स्थापना गर्न जग बसाल्यो त्यहि जनयुद्धको जगमा उभिएर भएका ऐतिहासिक जनआन्दोलनले वर्तमान शासन व्यवस्थाको स्थापना गरेको हो । वर्तमान व्यवस्थाका लागि हजारौँको बलिदानी छ । तीनै जीवन वलिदान गर्ने महान शहिदहरुका परिवारहरु भेट्ने क्रममा जन्तेढँुगा ४ खुटामा भेटिएका बुवा गणेश बहादुर कार्कीसँग भलाकुसारी गर्ने अवसर प्राप्त भएको थियो ।
कुरैकुरामा उहाँ भन्नु हुन्छ । ‘दुुईटा छोरा परिवर्तनकालागि गुमाएँ अब मलाई के लिनुु के दिनुु छ र ? पार्टीसँग माग्नुु’ यो भनाई सुुन्दा सहज लाग्छ । अहिले क्रान्तिकारी भनिनेहरुले पदप्राप्तीका लागि मरिहत्ते गर्दैगर्दा शहिद पिता गणेश बहादुर कार्कीको यो भनाईले कतिको छोला ? मनमा प्रश्नहरु असरल्ल छरिन्छन् । जनयुुद्धमा आफ्ना दुुईजना छोरा गुमाएका शहिद पिता कार्कीले राजनीतिलाई मन पराउँदा पद र प्राप्ती जीवनको कहिल्यै लक्ष्य थिएन र अहिले पनि छैन । राजनीतिक यात्रालाई समाज परिवर्तनका लागि चालिने वैचारिक अभियान हो भन्ने उहँलाई पाउनु भन्दा जीन्दगीमा गुुमाउनुुको अर्थ निकै महत्वपुर्ण हुुने अनुभुति हुने गरेको छ ।
साविकको चिसापानी ४ खुटा हाल जन्तेढुँगा गाउँपालिका ५ चिसापानीका गणेश बहादुर कार्कीको जन्म २०१८ साल असोज ६ गते भएको हो । बुवा छत्रबहादुर कार्की र आमा धनमाया कार्कीको नौ जना छोराछोरी मध्येका सबै भन्दा कान्छो छोरा गणेश बहादुर कार्की हुुन् । जन्मेको बर्षदिन मै बुवा छत्रबहादुर गुमाउन पुुग्नु भएको उहाँलाई आमा धनमाया, ६ बहिनि दिदिहरु, २ भाई दाजुहरुले दुःखका साथ हुर्काउनु भयो । उसबेलाको जमना प्रशस्त जग्गा जमिन भएपनि आर्थिक हिसाबले न्युन गातिविधीका कारण समाजमा जीउन सकस हुने नै भयो । त्यसमाथी पनि एक पाखे आमा । गाउँघरमा हेर्ने दृष्टिकोण त फरक हुने नै भयो । एक प्रकारले हेपिएको जस्तो, गाउँमा कुरा काट्ने चलनपनि त छँदै थियो ।
यस्तो विषम परिवेशमा हुर्कनु भएको गणेशबहादुर कार्कीले तत्कालिन चिसापानी हाई स्कुलमा कक्षा ७ सम्म पढ्न भ्याउनु भो । यसपछि मानिसको दुख न हो । रहर हुँदा हुँदै स्कुल छाड्नुु पर्ने बाध्यता बन्यो । घरमा आमा दिदि दाजुहरुलाई मेलापातमा सघाउनु उहाँको जिम्मेवारीमा आईप¥यो । बुवाको मृत्युपछि आमाको साहारामा हुर्केको उहाँलाई अभाव, तनाव र गाउँछिमेकीले गरेको हेपाहा प्रवृतिले विद्रोही विचारको जन्म गराएर छाड्यो । आमा धनमाया एक साहाषी महिला हुनुहुन्थ्यो । वि.स. १९७१ सालमा जन्मनु भएको आमा धनमाया १०२ बर्षको उमेर हँुदा सम्म छोरालाई प्रेरणा र आसिरवाद दिई राख्नु हुन्थ्यो ।
समय, काल , परिस्थितले गणेश बहादुर कार्कीलाई विद्यालयबाट छुटायो । स्कुलको औपचारिक शिक्षाबाट अलग बनाएपनि समाज पढ्न उहाँले स्कुल जानै परेन । त्यहीको गाउँघर, साथी संगतले उहाँलाई सिकायो । युवा उमेर सँगै २०३५ सालमा उहाँले भोजपुरको आमचोक वासिङथर्पुका मिनाकुमारी कार्कीसँग विवाह गर्नु भयो । विवाह गरि ल्याउँदा मिनाकुमारी कार्कीको उमेर भर्खर १५ बर्षमात्र पुगेको थियो रे ।
विवाहापछिको जीवन अझै सकस त हुुने नै भयो । सबैदाजुहरु उमेर पुगेर विवाह गर्दै आ–आफ्नै परिवार सम्हाल्न थालेपछि कान्छो छोरा भएको नाताले आमा सहित घर धान्नु पर्ने बाध्यता गणेश बहादुर कार्कीको काँधमा आईप¥यो । उहाँ यस्ता चुनौतिहरुसँग पौँठेजोरी खेल्न मानसिक हिसाबले तयार हुनै प¥यो । यस्तै क्रममा उहाँसँग भएको राजनीतिक परिवर्तन विना समाज परिवर्तन असंभव भन्ने भावनाले समेत निकै घर गरिरहेको थियो ।
मुलुकमा निरंकुशताको चरम दवदवा रहेको समय हो उहाँको उर्वर उमेरको समय । यहि समयमा विद्रोही चेत स्वभाविक हुने गर्छ नै । त्यो चेत गणेब कार्कीसँग नहुने कुरै भएन । उहाँ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी (नेकपा माले) को सम्पर्कमा रहनु भयो । पारिवारीक जंजालपनि बढ्दै थियो काँधमा जिम्मेवारी पनि थपिदै गयो । विस्तारै छोरा छोरीहरु जन्मदै हुर्कदैपनि थिए । गणेश बहादुर कार्कीमा भने राजनीतिक चेतनाले समाज सेवाको बाटो समाउँदै थियो ।
जब तत्कालिन पञ्चायती व्यवस्था भित्र सुधारिएको पञ्चायतले २०३६ साल निर्दल की बहुदल ? भन्ने जनमत संग्रह गरायो त्यसबेला उहाँ बहुदलको पक्षमा खुलेर लाग्नु भयो । यसरी समयक्रम सँगै अगाडि बढ्ने क्रममा २०४६ सालको जनआन्दोलनले तत्कालिन पञ्चायती व्यवस्थाको अन्त्य ग¥यो त्यसबेला चिसापानीमा नेकपा मालेको झण्डा फहराउने एकमात्र व्यक्ति गणेश कार्की पर्नु भयो । यसपछि बल्ल थाहा भयो गणेश कार्की त कम्युनिष्ट पो रहेछन् ।
यसपछि उहाँ लगायत चिसापानीमा रहेका पुराना नेता देवेन्द्र श्रेष्ठहरु सहित पार्टी संगठन विस्तारको अभियान चलाउनु भयो । २०४७ सालमा तत्कालिन नेकपा माले र नेकपा माक्र्सवादीको एकिकरण भएपछि उहाँ नेकपा एमालेको कार्यकर्ता हुुनु भयो । बहुदल प्राप्ती पछिको पहिलो आम २०४८ सालमा उहाँ एमालेका दरो कार्यकर्ता हुनु हुन्थ्यो । चिसापानीको खुटा क्षेत्रमा उहाँले पार्टी संगठन र समर्थकहरुको निकै विस्वासको वातावरण निर्माण गर्नु भयो । २०४८ सालमा खोटाङ जिल्लामा भएको ३ वटा निर्वाचन क्षेत्रमध्ये ३ नम्बरमा अशोक कुमार राई उम्मेदवार हुँदा उहाँले मतदान केन्द्र पार्टी प्रतिनिधीका हिसाबले सहयोग समेत गर्नु भएको थियो । उहाँ यतिमात्र होईन २०५१ सालको निर्वाचनमा समेत चिसापानीमा अशोक राईको प्रतिनिधी रहनु भयो ।
जब २०५४ सालमा तत्कालिन नेकपा एमालेको विभाजन भएर माले र एमाले बन्यो । उहाँ तत्कालिन नेकपा मालेको पक्षमा उभिनु भयो । २०५६ सालमा भएको आम निर्वाचनमा त्यस क्षेत्रबाट उम्मेदवार बन्नु भएको हरि रोक्काको प्रतिनिधीका हिसाबले फेरी उही मतदान केन्द्रमा फेरी बस्नु पर्ने भयो । यसपछि आफुले रोजेको पार्टी संगठन विस्तारै विर्सजनको दिशामा जानथालेपछि उहाँ एकप्रकारले निष्किृय जस्तै रहन थाल्नु भयो । भने तत्कालिन जनयुद्धको पक्षमा विस्तारै जोडिन थाल्नु भयो ।
तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट पश्चिम नेपालबाट शुरु गरेको जनयुद्धको राप विस्तारै पूर्वमा फैलिदै थियो । उहाँमा पनि क्रान्ति प्रतिको मोह सकिएको थिएन । तर बाध्यता थियो आफ्नो वृद्धलयमा पुगेकी आमा, श्रीमति छोरा छोरीहरुको लालन पालन उहाँकै काँधमा थियो । यसै गरेपनि क्रान्तिप्रतिको प्रेम उहाँमा छँदै थियो । तत्कालिन माओवादीका क्रान्किारी योद्धाहरुले उहाँको घरमा शेल्टर लिने काम बाक्लै हुन्थ्यो ।
तत्कालिन माओवादी जनयुद्धका योद्धाहरु उहाँको घरमा घरपरिवार जस्तै भएर बस्थे । गणेश बहादुर कार्कीको घर भनेका आफ्नै घर हो भन्थे । जहाँ माओवादी आन्दोलन नेताहरु सृजना तोलाङ्गे एकता, रमिला बस्नेत पूर्णिमा निकै लामो समय बसेका थिए । माओवादीहरुको आवत जावतसँगै कार्कीसँग रहेको चेतले छोराछोरीमा पनि क्रान्तिकारी विचारको जन्म हुनु र यसलाई अनुसरण गर्ने हुटहुटीहुनु कुनै नौलो कुरा रहेन् । यसकै फलस्वरुप उहाँका दुईभाई छोराहरु कैलाश कार्की र थिर बहादुर कार्की क्रान्तिका लागि तयार भए ।
कैलाश कार्कीले भरखरै एसएलसी पास गरेका थिए । एसएलसी पास गर्नसाथ शिक्षण पेसामा जोडिएका उनि माओवादी निकट शिक्षक संगठन इलाका इन्चार्जका रुपमा रहेका थिए । यस्तै उहाँकै माईलो छोरा थीरबहादुर कार्की कक्षा १० मा अध्ययन गर्दै गर्दा चिसापानी माविमा अनेरास्ववियू क्रान्तिकारीमा आवद्ध भईसकेका थिए । २०५९ सालमै अखिल क्रान्तिकारीमा आवद्ध थिरबहादुर कार्की तेजिलो र चोटिलो विद्यार्थी थिए ।
जेनतेन परिवार चलिरहेको थियो । क्रान्तिको उभार बढीरहेको थियो । कार्की परिवारमा समेत केही उमंगहरु थपिदै थिए । गणेशबहादुर कार्कीलाईपनि जेठो छोरा शिक्षण पेसामा आवद्ध भईसकेकोले केही राहतको महशुस हुने आशा पलाई रहेको थियो । तर परिवेश यस्तो भएर आयो । २०६० साल भदौ १६ गतेका दिन थियो । एकहुल सुरक्षाकर्मीहरु चिसापानी हुँदै घर घेर्न आईपुगे । चिसापानी बजारबाटै सुराकको आधारमा उनिहरुले घर घेरेपछि कैलाश र थिरबहादुरलाई सुरक्षाकर्मीले लिएर गए । त्यसबेला सुरक्षाकर्मीले भनेको र बोलेको तथानाम भनेर भनिसक्नु, सुनेर सुनिसक्नु थिएन । गणेश बहादुर कार्की र मिनाकुमारी कार्कीले मलिन चेहेराका साथ भन्नु भयो । ‘दुवै छोराहरुलाई बाँधेर लैजाँदा बाउआमाको मन कस्तो हुन्छ ? त्यो हामीले भोग्यौँ । आफुलाई सम्हाल्न निकै गारो त हुन्छ नै ।’ गणेश बहादुर कार्कीले सम्झदै सुनाउनु हुन्छ । तर देश र जनताको लागि लागेका योद्धाहरु हो उनिहरु अझै स्पातिलो बनेर फर्किने छन् ।
कैलाश र थीरबहादुर सँगै गाउँकै दिपक विष्ट र देवबहादुर राईलाईपनि तत्कालिन सुरक्षाकर्मीको टोलिले गिरिफ्तार गरेको केहीछिन पछि नै गणेश बहादुर कार्कीलाई थाहा भयो गाउँभरी हल्ला चल्यो । उनिहरु सबै शसंकीत भए । २०६० सालको भदौ १६ गतेको दिन बर्षायाम छ । बेसीतिर धान गोडमेल गर्ने चटारो उस्तै थियो । छोराहरुलाई सुरक्षाकर्मीले माओवादीको आरोपमा पक्रेर हिडाएपछि कस्को मन शान्त हुन्छ र वैचनी बढ्ने नै भयो । असहज र असजिलो भईनै रहयो । आमा मिनकुमारी त रुने भईहालिन् । गणेश बहादुर कार्कीसँग के उपाय हुनु र ? अवाक बने ।
छोराहरुलाई लिएर गएको बेलुकी रेडियो नेपालको समाचार सुन्नु थियो । गणेशलाई लागेको थियो कतै छोराहरुलाई यीनीहरुले जिल्ला पो नपु¥याउने हुन की ? भन्ने । त्यहि भएर उहाँ लगायत गाउँलेहरु बेलुकी ७.०० बजेको समाचार कुर्न थाले । समाचार आयो । समाचारमा खोटाङको चिसापानीमा सुरक्षाकर्मी र माओवादी आतकंकारी विच दोहोरो भिडन्त हुँदा ४ जनाको मृत्यु । उफ ! यो समाचार सुन्न साथ चिसापानीको खुटा गाउँ रोयो । सबैतीर अन्धकारले छायो । साँच्चै उनिहरुले भिडन्त नै गरेको भए सायद त्यति सन्तोष हुँदो हो ।
समाचार सुनेपछि शोकाकुल बनेको खुटा गाउँ पुरै निष्पट्ट अन्धकार रह्यो । अन्धकारभित्रै रातभरी भदौरे झरीसँगै रोईरहयो गाउँपनि । तर अचम्म थियो उनिहरुलाई त्यसदिन र भनिएकै ठाउँमा मारिएको थिएन । जसको मृत्युको समाचार थियो उनिहरुले नै आफ्नो मृत्युको समाचार सुनिरहेका थिए । यसको ठिक भोलिपल्ट २०६० साल भदौ १७ गतेमात्र उनिहरुलाई खोटाङ टुवाखोला भन्ने ठाउँमा गोलि हानी कायरतापूर्वक हत्या गरिएको थियो । यो घटना सुनेपछि भने गणेश बहादुर कार्कीलाई दुःख भन्दा बढी आक्रोश जाग्यो रे ।
यसपछि माओवादी आन्दोलनमा आफ्नो दुईछोराहरु गुमाएपनि माओवादी आन्दोलनको सफलताको कामना गर्ने उहाँमा क्रान्तिप्रतिको विस्वास झनै दर्विलो भएर उभियो । माओवादी आन्दोलनको उत्कर्षमा पुगेर जब संघीयत लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको घोषणा भयो त्यो दिन उहाँलाई जति खुशि सायदै थिए होलान् । उहाँले प्रष्टसँग जनताको अधिकार स्थापित भएको दिनको स्मरण गर्नु हुन्छ ।
यसरी नेपालको राजनीतिक परिवर्तनका लागि आफ्ना दुई खाईलाग्दा छोराहरु सुम्पनु भएका शहिद पिताले यसपछि पार्टीले के दियो भन्ने भन्दा पनि मैलै क्रान्तिमा पुु¥याएको योगदान के हो भन्ने मात्र सम्झी रहने बानी प¥यो । आफ्नो छोराहरु गुमाएको पिडालाई शान्त बनाउन समाजसेवामा हेलिुन भएका कार्की अहिले क्रान्तिप्रति खुशि हुनुहुन्छ । तथापी जाँगर तरी जानेले लौरो विर्से जस्तै उनकै घरमा शेल्टरमा बस्ने नेताहरुल्े विर्सदा भने कहिलेकाँही नमजा लाग्ने गरेको उहाँले गुनासो राख्नु भयो ।
गाउँमै खानेपानी, सिंचाई, गरिवि निवारण, बेमौसमी तरकारी खेति समुह जस्ता सामाजिक संस्थाहरुमा सक्रिय सहभागि रहनु भएका कार्कीले अहिले गाउँकै बालद्धय आधारभुत विद्यालयलाई ५ रोपनी जग्गा उपलब्ध गराउनु भएको छ । आफुले उपलब्ध गराएको जग्गामा विद्यालयको भवन बनिरहँदा उहाँलाई आनन्द महशुस हुने गरेको बताउनु भयो । यस्तै घर नजिकै सामुदायीक भवन बनाउन १ रोपनी जग्गा प्रदान गरिसकेको उहाँले नेकपा माओवादी केन्द्रले सुध्रिनु पर्ने आजको आवश्यकता रहेको समेत बताउनु हुन्छ ।
पार्टीबाँचे विचार बाँच्छ , विचार बाँचे समाज रुपान्तरण हुुन्छ । यसकालागि नेतृत्वले निरन्तर भेटघाट छलफल र संगठनको योजनाहरु निर्माण गर्न जरुरी रहेको बताउँदै आफुुले भने अझै पार्टीले आवश्यकता ठानेर केही सहयोग मागे दिन तयार रहेको वचन दिनुहुुन्छ । उहाँको अन्तिम भनाई छ , ‘अरुकुरा जान्दिन कमरेडहरु, पार्टी राम्रो हुनुु प¥यो । बलियो हुनु प¥यो । विचार नीति स्पष्ट आउनुु प¥यो । ’